Monday, March 27, 2023

प्रभावितको पुनस्र्थापनामा ध्यान दिन निर्देशन

पछिल्लाे समाचार

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...

नीरज साहके बिना ढेउवाके अभियानमे दियालो क्लबके सहयोग

रौतहट ।। रौतहट जिल्लाके सदरमुकाम गौर स्थित राइम मिलमे करिब दुइ दशकसे निरन्तर रुपमे बालबालिकाके पढावइत आएल नीरज साहके अभियानमे दियालो युवा...

Smaller Quality of Life ROM Hacks

There is no legal precedent for ripping and downloading ROMs for games you own, though an argument could be made for fair use. After...

Head Soccer Online Online Game Play for Free

As the most popular sport across the globe, soccer is fun to play and exciting to watch. Not only has soccer become a summer...

Sonic Games In Order 2022 Ultimate List

For more on why Sonic '06 is so awful, check out the highlights from our Super Replay dedicated to playing through the entire game,...

हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मनसुनजन्य विपद् बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनस्र्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
प्रदेश सरकारले तयार गरेको विपद्पश्चात तत्काल खोज, उद्धार तथा राहत बितरण मापदण्डसम्बन्धि कार्यविधिबारेको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिले विपद्पश्चात् तत्काल खोज, उद्धार र राहत बितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन “विपद् खोज, उद्धार तथा राहत वितरण मापदण्ड सम्बन्धि कार्यविधि” तयार गरेको हो । प्रदेशका मुख्यमन्त्री एवम् प्रदेश विपद् व्यवस्थापन निर्देशक समिति अध्यक्ष पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त कार्यविधिको मस्यौदामाथि छलफल गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्न सहमति प्रदान गरेको छ ।
बैठकले मनसुन अवधिभर हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न र सबै विषयगत् नेतृत्वदायी निकाय तथा सहनेतृत्वदायी निकायबीच जिम्मेवारी, स्पष्टता र समन्वय गर्दै पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मनसुन अवधि पूर्वाद्र्धमै रहेकोले यस अवधिमा मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई रोकथाम तथा न्यूनीकरणका लागि उच्चसतर्कता अपनाउन प्रदेशस्थित सम्पूर्ण मन्त्रालय र अन्तर्गत् निकाय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेशसभा, प्रदेश मामिला समितिले सिन्धुपाल्चोक जिल्लाका विभिन्न भूभागमा असार १ गतेको बाढीपहिरोको स्थलगत् भ्रमणपश्चात् तयार पारिएको प्रतिवेदनमा विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका सन्दर्भमा प्राप्त सुझाव छलफल गरी कार्यान्वयन गर्न सम्बन्धित निकायले पहल गर्ने निर्णय गरेको छ ।

लोकप्रिय