Friday, June 2, 2023

अनुदान लिन बैँकमा लाइन हँसिला ओठमा कोरोनाको डर

पछिल्लाे समाचार

Galaxy S10 SC-03L Global Firmware Android 12 Download

The Stock ROM comes as a zip package which contains the original Firmware, Flash Tool, Driver, and How-to Install Manual. The Stock ROM can...

Xiaomi Black Shark Firmware File QFIL ROM

These problems are most common on almost every smartphone out there. But you don’t have to worry if you are facing any problem on...

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...

नीरज साहके बिना ढेउवाके अभियानमे दियालो क्लबके सहयोग

रौतहट ।। रौतहट जिल्लाके सदरमुकाम गौर स्थित राइम मिलमे करिब दुइ दशकसे निरन्तर रुपमे बालबालिकाके पढावइत आएल नीरज साहके अभियानमे दियालो युवा...

Smaller Quality of Life ROM Hacks

There is no legal precedent for ripping and downloading ROMs for games you own, though an argument could be made for fair use. After...

हेटौँडा–मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६, उर्लाघारीकी ६८ वर्षीया कान्छीमाया स्याँतान सोमबार दिउँसो चर्को घाममा बैँकमा लाइन बसिरहेकी थिइन् । हातमा रातो कार्ड लिएर कहिले आफ्नो पालो आउला भन्दै ढोकानजिक पेटीमा लाइन बसिरहेकी कान्छीमाया “उभिएर बस्न गाह्रो भएको” भन्दै बैँकको पेटीमा बसिरहेकी थिइन् ।

मुखमा टमक्क मिलाएर लगाउन नजानेर घरिघरि च्यापुमा झरिरहेको मास्क मिलाउँदै उनी आफ्नो मुजा परेको निधारको पसिना पुछ्दै आँखा प्रभु बैँकको ढोकामै लगाइरहेकी थिइन् ।

२०७२ को भुकम्पपछि आफ्नो घर पुनर्निर्माण गर्न सरकारले उपलब्ध गराएको तेस्रो अर्थात् अन्तिम किस्ता १ लाख रुपियाँका लागि उनी सोमबार विहानै हेटौँडा आउन उर्लाघारीबाट बजारका लागि हिँडेको बताइन् ।

लामो बाटो भएर बसमा आउनुपर्ने भएकाले अलि चाँडै बजार झरेकी कान्छीमाया अन्तिम किस्तावापत् १ लाख पाउँदाको खुशीसँगै कोरोना सँक्रमण होला भन्ने चिन्ताले बेलाबेलामा मुखमा लगाएको मास्क मिलाउँदै थिइन् । एकातिर कोरोनाको डर, अर्कातिर रकम लिन धाएर बैँकमै आउनुपर्दा दुःख लागको उनी बताउँछिन् ।

भुकम्पका कारण पूर्णक्षतिमा परेको उनको घरको पुनर्निर्माण सम्पन्न भइसकेका कारण अन्तिम किस्ताको लागि उनी सोमबार बजार आएकी हुन् । हेटौँडा–२ कान्तिराजपथमा रहेको प्रभु बैँकमा उनी विहान १० बजेदेखि लाइनमा बसेको बताउँछिन् । “बैँक बन्द हुन्छ । काम भ्याइँदैन होला भनेर विहान ८ बजेको बसमा आएँ । आउँदा आउँदै १० बजिहाल्यो । लाइनमा बसेको पनि डेढ घण्टा भइसक्यो । अझै पालो आएको छैन,” कान्छीमायाले हेटौँडा सन्देशसँग भनिन् ।

भीमफेदी बजारमा एउटामात्र बैँकको शाखा छ । एनआईसी एसिया बैँकको कार्यालय पनि पछि खुलेको र त्यसअघि नै प्रभु बैँकमार्फत् कारोबार सुरु गरेका कारण गाउँबाट पुनर्निर्माणको किस्ता लिन हेटौँडा बजार नै आउनुपर्ने समस्या छ ।

उनीसँगै आएकी ७० वर्षकी बुद्धिमाया लो पनि अन्तिम किस्ता खातामा आउँदा खुशी छिन् । घर बनाउँदा लागेको ऋण सरकारले व्यहोर्दा खुशी भएकी उनको मनमा भने बजार आउजाउ गर्दा कोरोना सँक्रमण होला भन्ने त्रास छ । “कोरोना लाग्यो भने निकै बिरामी हुन्छन् भन्छन् । आफँै नआउँ भने पनि घरबाट आउने कोही छैनन् । मेरो नाममा पुर्जा भएका कारण कोरोनाको डर हँुदाहुँदै पनि आएकी छु,” लोले भनिन् ।

कान्छीमाया र बुद्धिमायासँगै १५ जनाको टोली सोमबार दिउँसो पुनर्निर्माणको अन्तिम किस्ता लिन हेटौँडा बजार आएका थिए । लामो समयको प्रतीक्षापछि र निकै बेर लाइन बसेर उनीहरुले रकम प्राप्त गरे । “अन्य सुबिधा दिनसक्ने सरकारले हाम्रा लागि गाउँमै पैसा निकाल्न मिल्ने सुबिधा पनि मिलाइदिए कति जाति हुन्थ्यो,” किस्ता लिनका लागि सोही स्थानबाट आएका बुद्धिबहादुर स्याँतानले सुझाए ।

“गाउँभरका मान्छे बजार आएर पुनः गाउँ फर्किँदा एक जनामा कोरोना लाग्यो भने पूरै गाउँ नै जोखिममा हुन्छ । नआउँ भने पनि खातामा पैसा आएको छ रे भन्ने कुरा आइतबार थाहा पाएका थियौँ । आएको पैसा लिन त परिहाल्यो । पैसा पाउँदा खुशी छौँ । कोरोना नलागोस् भनेर मास्क लगाएका छौँ । यति गर्दा पनि लाग्यो भने उपचार गरौँला नि,” स्याँतानले हाँस्दै भने ।

अन्तिम किस्ता लिन बैँकको ढोकामा उभिएका उनीहरुमा कोरोनाको डर थोरै र रकम पाउँदाको खुशी धेरै भएको हँसिला ओठहरुले प्रष्ट पारेको देख्न सकिन्थ्यो । २०७२ बैशाख १२ गतेको भुकम्पका कारण जिल्लामा लगभग ३६ हजार आवास पुनर्निर्माणका लागि लाभग्राहीले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईँ मकवानपुरले जनाएको छ ।

मकवानपुरमा भुकम्प गएको ५ वर्ष अवधिमा निजी आवास पुनर्निर्माणको काम ६६ प्रतिशत् सम्पन्न भएको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईँ मकवानपुरले जनाएको छ । ३५ हजार ५ सय ८४ लाभग्राहीले अनुदान सम्झौता गरेकोमा २३ हजार ५ सय निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ भने १२ हजार ८४ निजी आवास पुनर्निर्माण बाँकी रहेको एकाईँले जनाएको छ ।

दोस्रो किस्ता लिने लाभग्राही ९० प्रतिशत् भन्दा धेरै रहेका कारण अन्तिम किस्ताको काम सकाउन सहज हुने विश्वास रहेको जिल्ला आयोजना कार्यान्वयन एकाईँ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय प्रमुख बिमलकिशोर केपी बताउँछन् । कोरोनाका कारण काम तीव्ररुपमा हुन नसकेको भन्दै प्राधिकरणले कार्तिक मसान्तसम्म समयावधि थप गरेको छ । पुनर्निर्माण बाँकी रहेको निजी आवास कार्तिकसम्म सम्पन्न गर्ने लक्ष्य रहेको केपीले बताए ।

प्राधिकरणको वर्तमान सँस्थागत् सँरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत् रहने भएको छ । प्राधिकरणको निर्देशक समितिको १९ औँ बैठकले आर्थिक वर्ष २०७७÷०७८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवासलगायत पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

कोभिड महामारीको दोस्रो लहर नियन्त्रणका लागि घोषणा गरिएको निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायत काममा अवरोध आएकाले यसअघिको बहिगर्मन तथा हस्तान्तरण कार्ययोजना परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ ।

कोरोना भाइरसको प्रभावका कारण मकवानपुरमा पनि पुनर्निर्माण सम्बन्धि कामलाई निरन्तरता दिन नसकिएको, असारसम्म सकाउनुपर्ने काम बाँकी रहेको र बाँकी काम पूरा गर्दै पुनर्निर्माणको अन्तिम काम पूरा गरेर सम्झौता गर्न आएका लाभग्राहीलाई अन्तिम किस्ताबापत् रकम उपलब्ध गराइएको केपी बताउँछन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण दुई वर्षबीच लकडाउन, निषेधाज्ञालगायत अवरोधका कारण काम गर्न सहज स्थिति नभएका कारण लक्ष्यअनुसार पुनर्निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ ।

दोस्रो अथवा तेस्रो किस्ता लिइसकेका जिल्लाका १० वटै स्थानीय निकायका लाभग्राहीले आफ्नो स्थानीय तहमा कार्तिकसम्म सम्झौता गर्न आउन सक्ने जिल्ला आयोजना कार्यान्वयन एकाईँ कार्यालय प्रमुख केपीको भनाइ छ । असार मसान्तसम्म मात्र समय तोकिएकोमा ४ महिना समयावधि थप गरिएको जानकारी गराउँदै कार्तिकसम्म पुनर्निर्माण सकाउन प्राविधिकहरु परिचालन गरिने उनले बताए ।

लोकप्रिय

Galaxy S10 SC-03L Global Firmware Android 12 Download

The Stock ROM comes as a zip package which contains the original Firmware, Flash Tool, Driver, and How-to Install Manual. The Stock ROM can...

Xiaomi Black Shark Firmware File QFIL ROM

These problems are most common on almost every smartphone out there. But you don’t have to worry if you are facing any problem on...

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...