Friday, June 2, 2023

“वर्षान्तको कमाल” ११ महिनाको खर्चभन्दा असारको खर्च बढी

पछिल्लाे समाचार

Galaxy S10 SC-03L Global Firmware Android 12 Download

The Stock ROM comes as a zip package which contains the original Firmware, Flash Tool, Driver, and How-to Install Manual. The Stock ROM can...

Xiaomi Black Shark Firmware File QFIL ROM

These problems are most common on almost every smartphone out there. But you don’t have to worry if you are facing any problem on...

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...

नीरज साहके बिना ढेउवाके अभियानमे दियालो क्लबके सहयोग

रौतहट ।। रौतहट जिल्लाके सदरमुकाम गौर स्थित राइम मिलमे करिब दुइ दशकसे निरन्तर रुपमे बालबालिकाके पढावइत आएल नीरज साहके अभियानमे दियालो युवा...

Smaller Quality of Life ROM Hacks

There is no legal precedent for ripping and downloading ROMs for games you own, though an argument could be made for fair use. After...

हेटौंडा–अन्य प्रदेशजस्तै रोग बागमती प्रदेशमा पनि देखिएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च बढाएको हो । गत आर्थिक वर्षको ११ महिनासम्म ४६.०५ मात्र प्रतिशत् बजेट खर्च भएकोमा असार एक महिनामा प्रदेशको बजेट खर्च बढेर ७० प्रतिशत पुगेको हो ।

प्रदेशको बजेट खर्च पहिलो चौमासिकमा ८.११ प्रतिशत् भएको थियो । प्रदेश सरकारले पहिलो चौमासिकमा विकासको कामको सुरुवात नगर्ने, दोस्रो चौमासिकमा न्यून गर्ने र तेस्रो चौमासिक सुरु भएपछि खर्च गर्ने प्रवृत्तिले असारे विकास हुँदै आएको छ ।

बागमती प्रदेश सरकारले गत वर्षका लागि ल्याएको कुल बजेट ५१ अर्ब ४३ करोडको ७० प्रतिशत् बजेट खर्च भएको हो । प्रदेश सरकारको गत वर्ष चालु खर्च ६६ प्रतिशत्, पुँजीगत खर्च ७३ प्रतिशत् र वित्तीय प्रगति ७० प्रतिशत् भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडा प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत वर्षको ११ महिनामा १७.९५ प्रतिशत् बजेट खर्च गरेको थियो । मन्त्रालयले ११ महिनामा गरेको खर्च र असार एक महिनामा मात्र गरेको खर्च उस्तै देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असार एक महिनामा १७.५ प्रतिशत् बजेट खर्च गरेको छ । समग्रमा मन्त्रालयले गत वर्षमा ३५ प्रतिशत् बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक उपाध्यायले बताए ।

बागमती प्रदेशको सबभन्दा कम बजेट खर्च गर्ने मन्त्रालयको सूचीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पहिलो नम्बरमा रहेको छ । दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्रालय छ । उक्त मन्त्रालयले गत वर्षमा ४१ प्रतिशत्मात्र बजेट खर्च गरेको छ । मन्त्रालयले गत वर्षको ११ महिनामा ३० प्रतिशत् बजेट खर्च गर्दा असारमा मात्र ११ प्रतिशत् बजेट खर्च गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष ६६ प्रतिशत् बजेट खर्च गरेको छ । गत वर्षको ११ महिनामा मन्त्रालयले ३१.१५ प्रतिशत् बजेट खर्च गरेमा असार एक महिनामा मात्र ३४.८५ प्रतिशत् बजेट खर्च बढाएको छ । मन्त्रालयले ११ महिनामा गरेको खर्चभन्दा असार एक महिनामा गरेको खर्च प्रतिशत् बढी देखिन्छ ।

उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले गत वर्षको ११ महिनामा ३२.२ प्रतिशत् बजेट खर्च गरेको थियो । असारमा मात्र मन्त्रालयले २९ प्रतिशत् बजेट खर्च गरेको छ । समग्रमा मन्त्रालयले एक वर्षमा ६१ प्रतिशत् बजेट खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि असार महिनामा उल्लेख्य बजेट खर्च गरेको छ । ११ महिनामा ३६.४१ प्रतिशत् बजेट खर्च गरेको मन्त्रालयले असार एक महिनामा ४१.५९ प्रतिशत् बजेट खर्च गरेको देखिन्छ । मन्त्रालयले गत वर्षमा ७८ प्रतिशत् बजेट खर्च गरेको छ ।

प्रदेशको बजेटको ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने गत वर्षमा उल्लेख्य प्रगति गरेको छ । मन्त्रालयले ८० प्रतिशत् बजेट खर्च गरेको छ । गत वर्षको ११ महिनामा ४९.०३ प्रतिशत् बजेट खर्च गरेको मन्त्रालयले असारमा ३० प्रतिशत्भन्दा माथि खर्च गरेको थियो । गत वर्षमा प्रदेश लोकसेवा आयोगले ६२ प्रतिशत् बजेट खर्च गरेको छ । महान्यायाधीवक्ता कार्यालयको ५२ प्रतिशत्, प्रदेशसभा सचिवालयको ६३ प्रतिशत् बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक उपाध्यायले जनाए ।

प्रदेश सरकारले गत वर्षको बजेट खर्च ८० प्रतिशत् पु¥याउने लक्ष्य राखेको थियो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको खर्च ८० प्रतिशत् पुग्ने दाबी गरेपनि ७० प्रतिशत्मात्र खर्च भएको छ । यद्यपि, प्रदेश सरकारले पछिल्लो ४ वर्षको बजेटमा हालसम्मकै उच्चविन्दुमा बजेट खर्च गरेको हो ।

लोकप्रिय

Galaxy S10 SC-03L Global Firmware Android 12 Download

The Stock ROM comes as a zip package which contains the original Firmware, Flash Tool, Driver, and How-to Install Manual. The Stock ROM can...

Xiaomi Black Shark Firmware File QFIL ROM

These problems are most common on almost every smartphone out there. But you don’t have to worry if you are facing any problem on...

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...