समाज


रौतहटको सदरमुकाम गौरबाटै चार गाउँपालिका चलाउँदै छन् निमित्त प्रमुख

समाज 37 पटक पढिएको बज्जिका संवादाता २०७४ श्रावन ०१ आइतवार


रौतहटको सदरमुकाम गौरबाटै चार गाउँपालिका चलाउँदै छन् निमित्त प्रमुख


राैतहट, असार २९ । तीन नगरपालिका र तेर गाउँपालिका रहेको रौतहटमा एउटा नगरपालिका बाहेक सम्पूर्ण स्थानीय तह निमित्तकै भरमा चलेको छ । नयाँ संरचनाअनुसार सरकारले तोकेको दरबन्दीमा कर्मचारी नपठाउँदा र तोकिएको दरबन्दीमा कर्मचारी नपठाउँदा जिल्लाका धेरै स्थानीय तह निमित्त प्रमुखको भरमा चलेको देखिएको हो ।

उपसचिवको दरबन्दी रहेको गरुडा नगरपालिका र सदरमुकाम गौर नगरपालिका अधिकृतको भरमा चलेको छ ।

 गरुडा नगरपालिकाको कार्यकारी अधिकृतमा दीपेश झा तथा सदरमुकाम गौर नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा सन्तोष कुमार मिश्र निमित्तकै भरमा चलेका छन् । चन्द्रपुर नगरपालिकामा मात्र दरबन्दी अनुसार उपसचिवले काम गरिरहेको छ । नगरपालिका नै निमित्तहरुको भरमा चलेको रौतहटको अधिकांश गाउँपालिकालाई नासु सरहका गाविस सचिवहरुले संचालन गरिरहेका छन् । जिल्लाको पाँच गाउँपालिका गाविस सचिवहरुले चलाइरहेको जिल्ला समन्वय समिति रौतहटले जनाएको छ । दुर्गा भगवती गाउँपालिकाका निमित्त प्रमुख प्रमोद ठाकुर, देवाही गोनाही गाउँपालिकाका प्रमुख जयनारायण श्रीवास्तव, बौद्धिमाई गाउँपालिकाका प्रमुख ब्रह्मदेव प्रसाद साह, गढिमाई गाउँपालिका प्रमुख प्रहलाद तिवारी र कटहरिया गाउँपालिका प्रमुख राजदेव मुखिया लगायतका नासु सरहका पूर्व गाविस सचिवहरुले नै गाउँपालिका सम्हालिरहेको जिल्ला समन्य समिति रौतहटको प्रशासन फाँटका नासु बैजु ठाकुरले जानकारी गराएका छन् । गाविस सचिवको भरमा चलेका अधिकांश गाउँपालिका सदरमुकामबाटै संचालन भइरहेको पाइएको छ । गाउँपालिकाको कार्यालय संचालनको लागि भवन र कोठाको अभाव रहेको बताउँदै दुर्गा भगवती, देवाही गोनाही, बौद्धिमाई र गढिमाई गाउँपालिकाका निमित्त प्रमुखहरु सदरमुकाम गौरमै डेराबाट गाउँपालिकाको संचालन गरिरहेका छन् । गाउँपालिकाको कार्यालयमा सहायक र चौकीदार बाहेक कोही पनि बस्ने नगरेको र प्रमुखले गर्नुपर्ने कामको लागि सेवाग्राही सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको देखिन्छ । गाउँपालिका जान नचाहने निमित्त प्रमुखहरुले झोलामा नै लेटर प्याड र गाउँपालिकाको छाप बोकेर कामकाज गरिरहेको देखिएको छ । केही गाउँपालिकाका निमित्त प्रमुखहरुले सदरमुकाममै बसेर चलाइरहेको गुनासो आइरहेको विषयमा जिल्ला समन्वय समितिका सूचना अधिकृत सुबास ठाकुरले अनुगमन गर्ने बताएका छन् । कतिपय गाउँपालिका कार्यालय संचालनको लागि पर्याप्त ठाउँ र भवनको आवश्यकता रहेको सुनिएकोमा अनुगमन र व्यवस्थापन गर्ने बताएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



माधवनारायण नगरपालिकाके नगरपरिषद माघ ७ गते करेके कएलगेल हए निर्णय

पूर्ण लाभ परयोजना अन्तर्गत महिला संयमसेविकासवके सरसफाईके बारेमे ....

जाढसे बचेके लेल वृन्दावन नगरपालिका सभि वार्डमे जर्ना आ कम्बल वितरणके काम एके साथ कएले हए शुरु

खुल्ला जगहमे पैखाना करेवलाके वडा कार्यालयसे मिलेवला सभि सेवा सुविधा बन्द

रौतहटके वृन्दावन नगरपालिकाके परालाईसिस मारले बिरामीके फ्रिमे ट्रक सुट देवेके नगरपालिकाके निर्णय

प्रअ नेतृत्व तथा क्षमता विकास तालिम कलैयामे भेल सुरु

गरुडा नगरपालिकाके कार्यकारी अधिकृतके होरहल हए खोजी

धुन आ जाढके चलते अभि सवारी दुर्घटना बढलासे लबे लबे गाडि चलावेला जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट सभि नागरिकसे कएले हए अपिल ।

लोडसेडिङ नरहलापर भी दिनमे दर्जनो बेर कटरहल हए लाइन
1 2 3 4 5 NEXT
Sumintra Media Pvt. Ltd.
Bajjika Vani (वज्जिका वाणी)
Gaur-5, Rautahat, NepalTel: 055-520048. Mob. No. 977 -9845134379
http://www.bajjikavani.com, Email: bajjikabanee@gmail.com

संचालक

45487
Times Visited.



Copyright © 2015, All Rights Reserved !
Powered by :
Top