रक्षा बन्दधन साओन शुक्ल पुर्णिमा २३ गते मनावेके लेले कहले छत ज्योतिषाचार्य पंडित गंगाधर झा
समाज


रक्षा बन्दधन साओन शुक्ल पुर्णिमा २३ गते मनावेके लेले कहले छत ज्योतिषाचार्य पंडित गंगाधर झा

समाज 1 पटक पढिएको राजेश्वर पाणडे


रक्षा बन्दधन साओन शुक्ल पुर्णिमा २३ गते मनावेके लेले कहले छत ज्योतिषाचार्य पंडित गंगाधर झा


राैतहट, साअाेन १२ । परापुर्व काल देखि साउनी पूर्णिमाको दिनमा जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व हुँदै आइरहदा पनि यो बर्ष पूर्णिमा साउन २३ गते रहेपनि सो दिन चन्द्रग्रहण लाग्ने भएको हुँदा शुभ मुहुर्त नभएको भन्दै नेपाली पञ्चांग निर्णायक समितिले नागपंचमीकै दिन जनै पूर्णिमा मनाउने निर्णय गर्दा तराई मधेशका जिल्लामा अन्याल्ता छाएका छन् । तराई मधेशमा बसोबास गर्ने हिन्दु धर्मावलम्वीहरु खास गरी मैथली, विद्यापती, अपराजिता, बैदेही र विश्वविद्यालय पञ्चाँगमा स्पष्ट रुपमा रक्षाबन्धन साउन २३ गते नै मनाउने अनिवार्य रुपमा
उल्लेख गरिएको ज्योतिषाचार्य पंडित गंगाधर झाले बताए । ज्योतिषाचार्य झाका अनुसार मिथिला व्यवहारमा सिद्धान्त अनुसार कुनैपनि कर्मकाण्ड सम्बन्धी काम परम्परा एवं शास्त्रीय निर्णय गरिन्छ । २०७४ साल साउन शुल्क पूर्णिमा साउन २३ गते सोमवार रहेकोमा कसरी पंचमिकै दिन रक्षाबन्धन गरिने उनले प्रश्न उठाए । खासगरी तराई मधेशमा चलनचल्तिमा रहेका मिथिला एवं विश्वविद्यालय पञ्चांगमा स्पष्ट रुपमा उल्लेख छ साउन २३ गते नै रक्षाबन्धन हुनेछ । तराईबासीहरु मिथिलाको परम्परा संग जोडिएको छ, त्यसैले नेपाली पञ्चांग बाहेक सबे पञ्चांगहरुमा २३ गते नै रक्षाबन्धन हुने निश्चित गरेकोमा भ्रममा नपर्न समेत ज्योतिषाचार्य झाले आग्रह गरे । पंडित झाले रहयो नेपाली पञ्चांग समितिको कुरा उनीहरु जनै पुर्णिमाकै दिन बर्षभरीको लागि जनै बनाई विधिवत पुजा पाठ गरेर बर्षभरी नै त्यो दिन बनाएको जनै लगाउने गर्दछ तर त्यो सिद्धान्त मिथिलाबासीमा ठ्याकै विपरित रहेको बताए । जनै पूर्णिमाको दिन चन्द्रग्रहण भएको हुँदा अशुभ हो भन्दै पूर्णिमाको कार्य पंचमी तिथीमा गर्दा यो उनीहरुको परम्परा हो जुन हामी माथि लाद्न खोजिएको देखिन्छ उनले भने ।हो यदी तराई मधेशका पंडितहरुलाई समावेश गरी बहस र सम्बादबाट निस्केका सही कुरालाई लिएर साझा फोरमबाट निर्णय हुँदा सबैलाई मान्य हुने थिए तर एकलौटी रुपमा जे मनमा लाग्यो त्यही निर्णय गरेर हामी माथि थुपार्ने परम्पराको अझै नेपालमा अन्त्य नहुँदा रक्षाबन्धन पनि दुई चरणमा हुने निश्चित रहेको बताए । साउन २३ गते राति १०।४७ मिनेट पछि चन्द्रग्रहण लाग्ने र विहान सुर्योदय हुनासाथ ४ घण्टाको भद्रा हुँदा विहान १०।३८ मा रक्षाबन्धनको उत्तिम एवं शुभ साइत रहेको बताउदै पंडित झाले दिउसो ३ बजे सम्म रक्षाबन्धन गर्न सकिने तर त्यसपछि रक्षाबन्धनको समय नभएको स्पष्ट पारे ।



कमेन्टसहरु



Sumintra Media Pvt. Ltd.
Bajjika Vani (वज्जिका वाणी)
Gaur-5, Rautahat, NepalTel: 055-520048. Mob. No. 977 -9845134379
http://www.bajjikavani.com, Email: bajjikabanee@gmail.com

संचालक

41075
Times Visited.



Copyright © 2015, All Rights Reserved !
Powered by :
Top