बज्जिका भाषाको पहिलो भक्ति एलबम सार्वजिनक
मनोरञ्जन / साहित्य


बज्जिका भाषाको पहिलो भक्ति एलबम सार्वजिनक

मनोरञ्जन / साहित्य 48 पटक पढिएको मनोज कुमार चौधरी,


बज्जिका भाषाको पहिलो भक्ति एलबम सार्वजिनक


राैतहट, साअाेन २७। बज्जिका भाषाको पहिलो भक्ति एलबम सार्वजनिक भएको छ । मध्यरौतहटमा रहेको रेडियो मधेस मसला एफएममा बजाएर बज्जिका भाषाको पहिलो आधुनिक भक्ति एलबम बम बम भोले सार्वजनिक गरिएको हो । गायक तथा लेखक चन्दन पटेलको शब्द र स्वर रहेको एकल गीतको बज्जिका साहित्य संगमका मनोजकुमार चौधरीको निर्देशन तथा साहित्यकार सञ्जय

मित्रको सम्पादनमा निर्माण भएको छ । एलबमको निर्माण पवन राठौरले गरेका छन् भने गरुडामै रहेको आतिश रेकर्डिङ स्टुडियोमा रेकर्ड तथा सम्पादन गरिएको छ । पटेलको गीत सार्वजनिक भएसँगै नेपालीय बज्जिकाको आधुनिक भक्ति गीतको नयाँ क्षेत्रको विकास भएको बज्जिका साहित्य संगमका अध्यक्ष श्याम सहनी चन्द्रांशुले प्रतिक्रिया दिएका छन् । यसअघि गायकद्वय सञ्जय राज र नथुनी बसेराद्वारा बज्जिका समाज नामक पहिलो आधुनिक बज्जिका गीति एलबम सार्वजनिक गरिएको थियो । बज्जिका समाज एलबममा समेटिएका आधुनिक गीतहरु रेडियोहरुमा अहिले पनि निकै चलेको देखिएको छ । 






कमेन्टसहरु



Sangam Media Pvt. Ltd.
Bajjika Vani (वज्जिका वाणी)
Gaur-5, Rautahat, NepalTel: 055-520048. Mob. No. 977 -9845134379
http://www.bajjikavani.com, Email: bajjikabanee@gmail.com

संचालक

14194
Times Visited.



Copyright © 2015, All Rights Reserved !
Powered by :
Top