तस्करीमा संलग्न रहेका रौतहटका एकजना असई निलम्बित
समाज


तस्करीमा संलग्न रहेका रौतहटका एकजना असई निलम्बित

समाज 51 पटक पढिएको बज्जिका संवादाता २०७४ श्रावन ०१ आइतवार


तस्करीमा संलग्न रहेका रौतहटका एकजना असई निलम्बित


राैतहट, असार २९ । तस्करीमा संलग्न रहेको आरोपमा रौतहटमा एकजना असई निलम्बनमा परेका छन् । रौतहटको प्रहरी चौकी बडहर्वाका असई हरेन्द्र राउत कुर्मी तस्करसित मिलेर सहयोग गरेको आरोपमा निलम्बनमा परेका हुन् ।
मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले असई कुर्मीलाई निलम्बन गरेको हो । गत असार १६ गते सीमावर्ती भारतीय बजारबाट सर्लाहीको नाका हुँदै बागमती नदीको बगरै बगर राँगा र भैँसी छिरेको र तस्करीको राँगा र भैँसीलाई तस्करहरुसित मिलेर रौतहट पु¥याउन असई कुर्मीले सहयोग गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । असई कुर्मीले प्रयोग गर्ने गरेको मोबाइलको कल डिटेलको आधारमा तस्करी गराएको, तस्करसित मिलेको तथा पटकपटक कुराकानी गरेको देखिएको जिप्रकाको भनाइ छ । तस्करसित साँठगाँठ देखिएको आधारमा निलम्बन गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलले बताएका छन् । भारतको विभिन्न नाकाहरु भएर नेपालतिर अवैध रुपमा सामान छिर्ने गरेको गुनासो आउने गरेको र अवैध तस्करीमा कहिलेकाहीँ प्रहरीको संलग्नता समेत रहेको गुनासो आउने गरेको सुनिएकोमा स्थलगत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गोप्य रुपमा एउटा टोली नै परिचालन गरिएको जिप्रकाले जनाएको छ । टोलीले सचेतता र कुशलतापूर्वक अनुसन्धान कार्य गरिरहेको र तस्करीको काम निकै हदसम्म रोकिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीनकृष्ण भन्डारीले दाबी गरेका छन् । तस्करसित सम्बन्ध राखेको आरोपमा जिल्लामा एकजना असई नै निलम्बित भएपछि भन्सार नाकाका अन्य प्रहरी युनिटमा कार्यरत केही कार्यालय प्रमुखहरु पनि त्रसित बनेको बुझिएको छ ।



कमेन्टसहरु



Sumintra Media Pvt. Ltd.
Bajjika Vani (वज्जिका वाणी)
Gaur-5, Rautahat, NepalTel: 055-520048. Mob. No. 977 -9845134379
http://www.bajjikavani.com, Email: bajjikabanee@gmail.com

संचालक

38239
Times Visited.



Copyright © 2015, All Rights Reserved !
Powered by :
Top