रौतहट, श्रावण २० ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका द्वारा आर्थिक वर्ष २०७५।०७६ मा भएको विकास निर्माणका कार्यको सोमवार स्थलगत निरिक्षण गरिएको छ । नगर पालिका तथा संघीय र प्रदेश सरकारको बजेटबाट भएको भवन निर्माण , बाटो ढलान , नाला निर्माण , पुल , कलभर्ट निर्माण को स्थलगत निरिक्षण अनुगमन गरिएको हो ।
राजनितिक तथा सामाजिक रिसइवीको कारण नगरपालिकामा हुदै नभएको व्यक्तिको नामले अखित्यार दुरूपयोग अनुसन्धान आयोगमा दिइएको कपोल कल्पित निवेदन पत्रको आधारमा केहि संचारमाध्यममा नियतबस गरिएको गलत भ्रामक समाचार सम्प्रेषण पछि दर्जनौ संचारकर्मी सहितको सामूहिक टोली द्वारा योजनाहरुको निरिक्षण गरिएको हो ।


२ आर्थिक वर्षमा विकास निर्माणको लागि नआएको रकम ३० करोड़ अनियमिता भएको भ्रामक उजुरी दिइएको छ । माधव नारायण नगरपालिका निवासी देवाशीष यादव र अमरेन्द्र महतोको नामले दिइएको नकली तथा आधारहीन उजुरीमा लिइएको जिकिर तथ्य परक नभएको निरिक्षणले पुष्टि गरेको छ ।
जनसहभागिता सहित ९५ लाख रुपैया रहेको योजनामा २ करोड़ अनियमिता भएको उजुरीमा दावी गरिएकोमा मिठूअवा स्थित राधा कृष्ण माध्यमिक विद्यालयमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको दुई कोठे दुइ तल्ले भवनको निर्माण कार्य समयमा संपन्न हुन नसकेको कारण २० लाख रकम फ्रिज भएको तथा ६५ लाख मात्र भुक्तानी भएकोले हुदै नभएको रकम अनियमिता कसरी भएको भनी नगरप्रमुख वीरेन्द्र यादवले प्रश्न गरेका छन । स्थलगत निरिक्षण पश्चात् संचारकर्मी सित कुरा गर्दै मेयर यादवले पारदर्शी ढंगबाट विकास निर्माणको कार्य गरिएको दावी गरेका छन ।
माधव नारायण नगरपालिका रौतहटमा विकासको मामिलामा दोस्रो स्थान मा रहेको ठोकूवा गर्दै मेयर यादवले भएको कार्यको जे सुकै तरीकाबाट छानविन गरेमा केहि फरक नपर्ने उल्लेख गरे । पा‘ल्ट्री फर्म देखि नहर सम्म ५४ लाखको लगतमा गरिएको बाटो ढलान स्तरीय रहेको छ । उजुरी दिनु भन्दा पहिला शीर्षक ,बजेट र कार्यक्षेत्रको विस्तृत अध्यन गर्नु पर्ने जरुरी रहेको सुझाव दिदै कानूनको विपरीत कार्य गर्नेलाइ नछोड़ने समेत चेतावनी दिएका छन ।
आफ्नो आर्थिक स्वार्थ पूरा नभएकोले नियतबस चरित्र हत्या गर्ने उदेश्यले उजुरी दिएको भन्दै उजुरी पर्देमा नातिन बताए । उनले निष्पक्ष रुपमा छानविन गर्न समेत आग्रह गरेका छन । मेयर यादवले नगरपालिकाले २ आर्थिक वर्षमा १५ लाखको औषधि मात्र खरीद गरेकोले १ करोड़ ५० लाखको औषधि खरीद गरी बजेट दुरूपयोग गरेको आरोप निराधार रहेको दावी गरे ।
नगर पालिकाले शिक्षा ,स्वास्थ्य ,कृषि तथा विधुति कारणमा बढ़ी ध्यान दिएको बताए । नगर उपप्रमुख सिमल साहले चरित्र हत्या गर्ने उदेश्यले गलत आरोप लगाएको बताए । न्यायिक समितिको सञ्चालन गर्ने कÞानूनी अधिकार पाएकोले २० देखि ५० प्रतिशत कमीशन लिने गरेको आरोप गलत भ्रामक भएको दावी गरे ।
विकास निर्माणको कार्य जारी रहेको क्रममा आषाढ़ २८ गते आएको बाढ़ीको कारण निर्माण भएको बाटो घाटों समेत क्षतिग्रस्त भएको प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थले बताएका छन । विकासको कार्य देखेर रौतहटका संचारकर्मीहरु हर्षित भएका एिथ ।
राम्रो विकास गर्दा पनि अनावशयक रुपमा मानसिक तनाव दिने उदेश्यले उजुरी दीदै आएको बताए । रोलर , डोजर , त्रिपर , जेसीवी कानून बमोजिम प्रकिया अपनाई खरीद गरिएको पमुख प्रशासकीय अधिकृत कायस्थले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here