Monday, December 5, 2022

डा . नवराज लम्साल लोकगीतमा रसविधानमा विद्यावारिधि, कर्मले शब्द र आवाजको विशेषज्ञ

पछिल्लाे समाचार

चन्द्रशमसेरके निगाह

शीतल गिरी । हमरा साहित्यसे कथि मिलल ? ई बात अपनेसे पुछइले त मनके कौनो कोनामे नुकाके रहल आत्मसन्तुष्टि मिलइअ मानो सब...

12 más útil software para relajado Conexiones (Disponible en nuevo iphone y Android)

La monogamia no es para todos. Algunas personas son encendido por idea de apegarse a cualquiera todo su particular reside - y algunos...

Modi per ottenere un ex Indietro

Era stato lui tutto tu in precedenza desiderato? Qualunque cosa tu in precedenza richiesto, sì? Bene, generare il â € ˜N SYNC e...

Craigslist Casual Encounter frauds in 2020: Need to capes

C'era una volta online dating was qualcosa che persone eseguita in segreto. Nessuno menzionato da finì per essere questi un nuovo concetto che tu...

Citas Estrategias para Tímido Hombres

Simple tips to Overcome Shyness and acquire even more Dates in Six effortless StepsYou have actually a crush. You react awkwardly anytime the woman is...

उहाँ डाक्टर हो भन्ने कतै लाग्दैन । र होइन पनि । तर, जब उहाँका आवाजले माइक पक्रन्छन् तब एउटा सर्जनले सहजै घाउ चिरफार गरेर बिमार स्वस्थ बनाउँदै मुहारमा कान्ति ल्याएझैँ उहाँ शब्द शब्दलाई खोज्नुहुन्छ, घोप्नुहुन्छ, रोप्नुहुन्छ, रोज्नुहुन्छ अनि सुललित मिठास सहित स्निग्ध पस्कनुहुन्छ तब भने लाग्छ उहाँ पक्कै डाक्टर हो ।
तर, स्टेथेस्कोप नबोकेको डाक्टर । अर्थात् शब्दको डाक्टर । जादुमयी आवाजको डाक्टर, काव्यको डाक्टर, महाकाव्यको डाक्टर । रेडियोको डाक्टर । विद्यावारिधिले उहाँलाई एउटा विषयमा डाक्टर बनाएको छ । तर, मेहनत, लगन अनि शाब्दिक कर्मले उहाँलाई अन्य थुप्रै विषयमा डाक्टर बनाएको छ ।
उहाँ शब्दमा खेल्नुहुन्छ, शब्दमा रम्नुहुन्छ, शब्दमा रसाउनुहुन्छ र शब्दकै आहालबाट सुमधुर श्रुति बनेर निस्कनुहुन्छ । उहाँ अर्थात् नवराज लम्साल । उहाँ अर्थात् रेडियो लम्साल
पारिवारिक अवस्था
उहाँको बुवा पुरोहित, पण्डित, ज्योतिष पनि । तर, यी कर्मले पनि उहाँको बुबालाई सम्पन्न बनाउन सकेनन् त्यसैले उहाँ भन्नुहुन्छ, हाम्रो निम्न मध्यमवर्गीय परिवार हो । शायद बुवाको कर्मका आंशिक प्रभाव होला उहाँले पनि जजमानी पनि गर्नुभयो केही समय ।
उहाँका दुई आमा । जेठी आमा तर्फ एक जना दाइ अनि दिदी । उहाँको आमा तर्फ भने पाँच दाजुभाइ अनि एक बहिनी । उहाँ भने जेठो ।
जन्म र बाल्यकाल
साउन ८ गते २०२६ सालमा उहाँको यस धर्तीमा आगमन भएको हो । ठाउँ भने धादिङको ज्यामरुङ । सानोमा पनि उहाँको स्वभाव खेल्ने, कुद्ने उफ्रने थिएन । बच्चाको जस्तो चकचके, चञ्चले अनि विज्याँइ गर्ने नभएर मौन, स्थिर र शान्त थियो उहाँको स्वभाव । लम्साल गाउँ गाउँकै फेदी पँधेरामा थियो । गाउँमै पनि उहाँको घर भने यसो फुर्सदमा वल्लो पल्लो घर छिर्ने गरिएको दूरीमा थिएन ।
स्कुल दिउँसोमा थियो । बिहान,साँझ भने बुवाले संस्कृतका चण्डी, रुद्री वेद पढाउने गर्नुहुन्थ्यो । स्कुलको गृहकार्य, घरको पढाइ अनि जेठो छोरो भएका नाताले यसो खेतीपातीमा पनि सहयोग गर्नुपर्ने हुँदा फुर्सद र मन दुवैले बचपनको उछलकुदमा टेवा दिने मौका पाएनन्, उहाँ भन्नुहुन्छ ।
बचपनको एउटा कुरा उहाँको स्मरणमा अझै छ, घर नजिकको ठुलो पर्खालमा आमाले उहाँलाई पछ्यौरा ओढाएर अनि गुन्द्री ओच्छ्याएर बाबु यहाँ बसिराख भनेपछि आमाले दिनभर मलको डोको बोकेर खेतमा पुर्‍याउँदै आउँदै गरेको उहाँ हलचल नगरीकन हेरेर बस्नुहुन्थ्यो रे १ अहिले सम्झँदा उहाँलाई अचम्म लाग्छ कसरी त्यस बेला दिनभरि बसियो होला १
शिक्षा, दीक्षा
उहाँको प्रारम्भिक शिक्षा भने गाउँकै शंखादेवी निमाविमा भएको हो । त्यसबेला स्कुलमा सामान्य डेस्क बेन्च भने व्यवस्था थियो पाँच कक्षासम्म । उहाँ छ कक्षा पुग्दा भने चउर खारेर सम्म बनाएर ढुङ्गा छापेर ढुङ्गामा बसेर पढ्नु भएको हो । डेस्क बेन्च थिएन छ कक्षामा । अनि स्कुल जङ्गलको नजिक भएकाले सल्लाको रुखमा लगेर कालो पाटी ठड्याउने अनि कक्षा सकिएपछि फेरि स्कुलमा लगेर राख्ने अनि फेरि भोलिपल्ट लगेर रुखमा ठड्याउने गर्नुपर्थ्यो ।
सात कक्षामा भने फेरि त्यो छ कक्षाको गरो छोडेर माथिपट्टि जमिन खारेर ढुङ्गा ओछ्यएर अर्को कक्षा कोठा पनि बन्यो १ यसरी दुई वर्ष त विना कक्षा कोठा नै उहाँले पढ्नु भयो ।
कक्षामा झन्डै तीसर चालीस जना हुन्थे । छात्राहरुको सहभागिता भने निकै कम थियो । अर्थात् दुई जना । उहाँलाई बस्न भने अगाडि नै मन पर्थ्यो ।
अग्नि महाकाव्यमा उहाँले आरनमा बसेर फलाम पिट्दै गरेको एउटा विश्वकर्माको आँखाबाट देशको संस्कृति, इतिहास, विविधता र जातीय समस्याको जडलाई छिचोल्ने कोसिस गर्नु भएको छ ।
सरले पढाएको शारीरिक हाउभाउ अनि आँखाले दिने प्रतिक्रिया उहाँलाई प्रिय लाग्थ्यो । त्यो नहेरी पढेको दिन नै खल्लो लाग्थ्यो रे उहाँलाई । त्यसको महत्त्व त्यस बेला थाहा नभए पनि अहिले भने उहाँ त्यसको महत्त्व बुझ्नुहुन्छ ।
त्यहाँ सात कक्षासम्म मात्र थियो । शायद त्यस कारणले होला त्यस बेलाका उहाँका मित्रहरू त्यतै हराए । कोही एसएलसीसम्म गरेर गाउँमै पढाएर बसेका छन् । कोही खाडी, मलेसिया छन् । त्यस बेलाको परिवेश पनि गाउँ बाहिरै गएर डेरा लिएरै भए पनि पढ्नु पर्छ भन्ने चेत पनि थिएन । अनि आर्थिक अवस्थाले पनि यो त्यति सहज थिएन ।
सात कक्षा भन्दा अगाडि पढ्न काठमाडौँ आउनुको अर्को विकल्प थिएन । कि त पढाइ छोड्नु पर्‍यो । तर, उहाँको बुवा आफू पनि पण्डित भएका कारण छोराले संस्कृत पढेर गाउँमा गएर फलानोको छोराले त पुराण वाचन गर्दो रहेछ भनाउने लोभमा हुनुहुन्थ्यो शायद ।
उहाँ २०४० साल फागुन ७ गते काठमाडौँ आउनु भएको हो । यो मिति याद हुनुको कारण त्यस दिन काठमाडौँमा प्रजातन्त्र दिवस मनाउँदै गरेको देखिएकोले हो । उहाँ घरबाट लगातार तेह्र घण्टा हिँडेर मलेखु आएर त्यहाँबाट गाडी चढेर काठमाडौँ आउनु भएको हो । आउँदा बा, रामजी दाइ अनि पुरु दाइ पनि सँगै हुनुहुन्थ्यो ।
उहाँलाई याद छ त्यसबेला गाडीको भाडा आठ रुपैयाँ थियो । गाडी हालको पुरानो बसपार्कमा आएर अडियो । अनि उहाँ दाइहरूसँगै कलधाराको कोठामा जानुभयो । त्यसपछि उहाँको स्कुले जीवन सुरु भयो रानीपोखरीको संस्कृत पाठशालामा । बसाइ स्कुलकै छात्रावासमा भयो । स्कुले जीवनलाई उहाँले यहीँबाट बिट मार्नुभयो ।
संस्कृत पाठशालामा भने सुरुको भर्ना नै आठ कक्षाबाट हुन्थ्यो । त्यस बेला एकासी जना भर्ना भएका थिए । नौ कक्षामा पुग्दा भने उहाँ दोस्रो हुनुभयो । प्रथम भने साथी जर्नादन घिमिरे हुनुभएको थियो । उहाँले २०४३ सालमा एसएलसी दिनु भएको हो । उहाँ दोस्रो श्रेणीमा उर्तीण हुनुभयो । त्यसपछि उहाँ वाल्मीकि क्याम्पसमा भर्ना हुनुभयो ।
शायद उहाँलाई वाल्मीकिको आँगन अलि साँघुरो लागेर होला उहाँ रत्नराज्य लक्ष्मी क्याम्पस पनि भर्ना हुनुभयो । आइए र बिए उहाँले दुवै ठाउँबाट गर्नुभयो । अनि पछि त्रिविबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभयो । पछि उहाँले नेपाली भाषाका लोकगीत र रसविधान विषयमा विद्यावारिधि समेत गर्नुभयो ।
पहिलो जागिर
एसएलसी सकिए लगत्तै उहाँका आँखा समय दैनिकले मागेको समाचारदाताको विज्ञापनमा पर्‍यो । तर, योग्यता भने एसएलसी पास भनिएको थियो । परीक्षाफल प्रकाशित भैसकेको थिएन । तर, आफू पास हुनेमा ढुक्क हुनुहुन्थ्यो उहाँ । त्यसैले उहाँले एसएलसीको प्रवेश पत्र नै लिएर जानु भएको थियो । सम्पादक हुनुहुन्थ्यो माणिकलाल श्रेष्ठ ।
सम्पादक महोदयले उहाँलाई शिरदेखि पाउसम्म हेरेर जाऊ समाचार खोजेर ल्याऊ भन्नुभयो । तर, त्यस बेलासम्म उहाँलाई समाचार के हो र कुन चराको नाउँ हो थाहा थिएन । उहाँ लाग्नुभयो समाचार खोज्न तिर । सिद्धि गणेश मन्दिरमा नेविसंघका विद्यार्थीले स्ववियू गठन गर्न लागेका रहेछन् । पुलिसले आएर हस्तक्षेप, धरपकड गरेछ ।
उहाँले त्यहाँ पुगेर के के भएको हो सबै बुझ्नु भयो । अनि त्यसलाई आफ्नै हिसाबले लेख्नु पनि भयो । तर, उहाँलाई त्यो लेखाइ चित्त नबुझेर एक्काइसौँ पटकमा मात्र उहाँ सन्तुष्ट हुनु भएको थियो रे १
भोलिपल्ट उहाँले आफूले चित्त बुझेको आफ्नै हिसाबको समाचार बोकेर ल्याउनु भयो । अनि सम्पादक महोदयले दैनिक पत्रिका भएका नाताले हिजो नै ल्याउनु पर्थ्यो नि भनेर भन्नुभयो । फेरि भोलिपल्ट उहाँलाई समाचार खोजेर ल्याउन भनियो । समस्या उही के हो समाचार रु कहाँ हुन्छ रु अब उहाँ लाग्नुभयो समाचार खोज्न ।
त्यस बेला जनपक्षीय उम्मेदवार भनिने पद्मरत्न तुलाधर, जागृत भेटवाल, सोमनाथ प्यासीहरूले भेडासिंमा एउटा कार्यक्रम गर्नु भएको रहेछ । उहाँहरूलाई पुलिसले पक्रेर लगेछ । उहाँले उक्त कुरालाई समाचारका माध्यमबाट भन्दा पनि के भएको रहेछ भन्ने तवरले सोधेर लेख्नुभयो ।
कसैले क–कसलाई पक्रियो भन्यो भने फलानो फलानोलाई, अनि किन पक्रियो भन्दा व्यवस्था विरोधी कार्यक्रम गरेकोले अनि कहाँ लग्यो भन्दा जनसेवामा तथा कहिले छोड्छ भन्दा थाहा छैन भन्ने जस्ता आफूले नै प्रश्न सोध्ने र आफैँले उत्तर दिने गरी त्यसलाई टिपोट गरेर ल्याउनु भयो । र सम्पादकले त्यसलाई लेख्न लगाउनु भयो । त्यो उहाँको नाममा छापियो । त्यो नै उहाँको नाममा छापिएको पहिलो समाचार थियो ।
समाचारका बारे नजान्दा नजान्दै उहाँ पहिलो पटक आधिकारिक रूपले समाचारदाता हुनुभएको थियो त्यस बेला । अनि उहाँले समय दैनिकमा रिपोर्टिङ, समाचार लेखन, सम्पादकीय, फिचर लगायतका सबै प्रकारका काम गर्नुभयो त्यस बखत । महिना मरेपछि उहाँलाई ल तिम्रो तलब पाँच सय भनेर सम्पादकले पाँच सय दिनुभयो ।
अब तलब उहाँकै अगाडि गन्ने कुरो पनि भएन । बैङ्कबाट भर्खर निकालिएका कट्काउँदा नोट थिए । बाहिर निस्केर गन्दा त्यहाँ पाँच सय नभएर छ सय थियो । अनि उहाँलाई लाग्यो यो मेरो इमानदारताको परीक्षा होला, नत्र छ सय किन दिनुहुन्थ्यो रु
भोलिपल्ट उहाँले हिजो एक सय बढी आएको रहेछ भनेर फिर्ता गर्न जानुभयो । अनि सम्पादक महोदयले फेरि एक पटक उहाँलाई तलदेखि माथिसम्म हेर्नुभयो । उठेर धाप मार्नुभयो ।
वास्तवमा मैले हिजो तिमिलाई पाँच सय नै दिन खोजेको हो, तर झुक्किएर एक सय बढी गएछ, तिम्रो इमानदारताको कदर गर्दै तिम्रो तलब आजबाट छ सय भयो भनेर उहाँले भन्नुभयो । अघिल्लो दिन पाँच सय तोकिएर पाँच सय पाएको उहाँको तलब भोलिपल्टै बढेर छ सय भयो । शायद अघिल्लो दिन तलब तोकिएर भोलिपल्टै बढ्ने भाग्यमानीमा पर्नु हुन्छ होला उहाँ ।
त्यो नै उहाँको जीवनको पहिलो कमाइ थियो । त्यो उहाँको दैनिक रोजीरोटीमै खर्च भयो उहाँ भन्नुहुन्छ । उहाँले समय दैनिकमा करिब एक वर्ष काम गर्नुभयो । अनि त्यसपछि उहाँले केही समय रानीपोखरी स्थित भानुभक्त स्कुलमा पनि पढाउनु भयो ।
रेडियोको यात्रा
उहाँमा रेडियो प्रतिको एउटा आकर्षण छँदै थियो । रेडियोमा जान पाए हुन्थ्यो, बोल्न पाए हुन्थ्यो भन्ने एक प्रकारको हुटहुटी छँदै थियो । शायद त्यो उहाँको सानै देखिको साहित्यप्रतिको रुचि अनि बाले वाचन गरेको सुनेको रामायण, महाभारत र चण्डीको प्रभाव पनि पो हो कि १
त्यसबेला रेडियो नेपालले पाँच विकास क्षेत्रबाट कार्यक्रम प्रसारण गर्नका लागि मान्छेहरू मागेको थियो । यो २०५० सालको कुरा हो ।
त्यसबेला भएको प्रतिस्पर्धामा उहाँको नाम सुर्खेतका लागि निस्कियो । त्यसपछि उहाँ सुर्खेत जानुभयो । ‘नमस्कार मिडियम वेभ ५७६ किलोहर्जमा हामी रेडियो नेपालको सुर्खेत क्षेत्रीय प्रसारण केन्द्रबाट बोलिरहेका छौँ । अब हामी यहाँहरूलाई केही भाषाभाषीका गीत सुनाउँछौँ । सबैभन्दा पहिले लालबहादुर चौधरी र साथीहरूको स्वर ।’ २०५१ वैशाख २१ गते पहिलो पटक सुर्खेतको क्षेत्रीय प्रसारणबाट प्रसारित यस आवाजले आजसम्म पनि रेडियोमा निरन्तरता पाइरहेको छ ।
सुर्खेतमा रहँदा उहाँले राजी, राउटे, वादी अनि मगर जात जातीका बारेमा फिचरहरू बनाउनु भयो । त्यसबेला उहाँले जङ्गलमा राउटेहरू सिकार खेल्दाका आवाजहरू रेकर्ड गरेर बजाउनु भयो । उक्त समुदाय मानिस बोलाएर नाटक पनि गर्नुभयो । स्थानीय भाषाका गीतहरू रेकर्ड गर्नुभयो ।
सुर्खेतमा रहँदा उहाँले गाउँघर, चर्चा परिचर्चा जस्ता कार्यक्रम त्यसबेला सुरु गर्नु भएको थियो त्यसबेला । त्यसले उहाँलाई पक्का रेडियोकर्मी बनाउन ठुलो योगदान गर्‍यो । करिब तीन वर्ष सुर्खेत बसेपछि २०५३ सालमा उहाँ काठमाडौँ आउनु भएको हो ।
त्यसपछाडि काठमाडौँ आएपछि उहाँले रेडियोमा विविध प्रकारका कार्यक्रमहरू गर्नुभयो । बिहान छ बजेको धार्मिक कार्यक्रम, घटना र विचार जस्तो राजनीतिक कार्यक्रम, समाचार वाचन अनि साहित्य सम्बन्धी कार्यक्रम मधुवन ।

उहाँलाई नवराज लम्सालका रुपमा उचाइमा पुर्‍याउने कार्यक्रम भने साहित्यिक कार्यक्रम मधुवन थियो । जसमा सर्जकले आफ्नो श्रृजना प्रत्यक्ष वाचन गर्ने कार्यक्रमको ढाँचा रहेको छ । जुन आज दुई दशक पार गर्दा पनि निरन्तर छँदै छ ।
शायद यस विषयमा आधिकारिक जानकारी नरहे पनि धार्मिक देखि चरम राजनीतिक अनि समाचार देखि साहित्यसम्मका कार्यक्रम गर्ने उहाँ नै एक्लो रेडियो प्रस्तोता हुनुपर्छ भन्ने उहाँको बुझाइ छ ।
एउटा व्यक्तिले यस्ता विविध कार्यक्रम गर्दा पनि श्रोताको माया निरन्तर पाउनुमा भने कार्यक्रमको विषयवस्तु, त्यसलाई बोक्ने भाषिक पकड अनि यी सबैका लागि चाहिने आवाजको अनुभूति प्रमुख रहेको उहाँको ठम्याइ छ ।
बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उहाँले जनतासँग प्रधानमन्त्री भन्ने एउटा कार्यक्रमको प्रस्ताव गर्नुभएको थियो । जो स्वीकृत भएर अठार महिना उहाँले जनताका समस्या प्रत्यक्ष रुपमा देशको कार्यकारीसँग राख्ने कार्यक्रमको सफल सञ्चालन गर्नुभयो । अहिले पनि रेडियो नेपालको भित्तामा त्यो तस्बिर झुन्डिरहेको देख्दा हरेका दिन कार्यालय पुग्दा त्यसले आनन्द दिने साथै अझै केही गर्न प्रेरित गर्ने पनि उहाँ बताउनु हुन्छ ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको पछिल्लो एउटा वार्तामा भने उहाँले स्पष्टीकरण समेत दिनु परेको थियो । त्यसमा उहाँले पूर्व प्रधानमन्त्रीले सार्वजनिक रुपमा प्रयोग गर्ने भाषा तथा उहाँको जिब्रोको आफूले जिम्मेवारी लिन नसक्ने अनि आफ्नो भाषामा भने कुनै कमी कमजोरी नरहेको भनेर प्रस्टोक्ति समेत दिनु भएको थियो ।
हाल भने उहाँ रेडियो नेपालको व्यवस्थापकीय जिम्मेवारीमा पनि हुनुहुन्छ समाचार महाशाखा प्रमुखको रुपमा । बिबिसी नेपाली सेवामा कला बिटको सुरुवात र करिब १० वर्ष त्यसको निरन्तर सञ्चालन पनि काम पनि गर्नुभयो उहाँले ।
साहित्यर प्रकाशन
साहित्य तर्फको उहाँको रुझान भने सानै देखिको हो । बुवाले लय हालेर गाउने रामायण अनि महाभारतले छन्द तथा त्यसलाई वाचन गर्ने कलाको प्रभाव उहाँमा गढेर बसेको भएकोले होला शायद ।
गाउँको स्कुलमा पनि उहाँले कविता लेखेको तथा सुनाएको अनुभव छ । त्यस्तै संस्कृत मावि रानीपोखरीमा पनि कविता लेख्ने तथा वाचन गर्ने परिस्थिति निरन्तर रहिरह्यो । उहाँको पहिलो प्रकाशित रचना भने अरुणोदय पत्रिकामा वि।सं। २०४१ मा ‘वन्दना’ शीर्षकको कविता हो । त्यस्तै पहिलो गीत रेकर्डिङ भने वि।सं।२०५१ सालमा विकासको सन्देश बोकी भन्ने बोलको रहेको थियो ।
लेख्ने क्रम जारी रहे पनि पुस्तकका रुपमा उहाँको कृति भने २०६१ मा मात्र आयो । कविता सङ्ग्रहका रुपमा ‘पाइलैपिच्छे सगरमाथा’ । त्यसपछि ‘आगो छोपेर कतिन्जेल’ कविता सङ्ग्रह २०६२ । धुनभित्र धुनबाहिर गीति सङ्ग्रह २०६२ । कर्ण महाकाव्य २०६६ । उडूँ उडूँ लाग्छ १ बालगीति सङ्ग्रह, २०७२ । धरा महाकाव्य, २०७३ । क्रमशः एक्लै एक्लै कविता सङ्ग्रह २०७४ ।
साथै चाँडै नै उहाँको अग्नि नामक महाकाव्य बजारमा आउँदै छ । पद्यमा राम्रो कलम चलाउने नवराज लम्सालको पूर्ण रुपमा गद्य महाकाव्य पढ्ने पाठकहरूको चाहनालाई उहाँले यसपल्ट पूरा गर्नुभएको छ । सम्पूर्ण काम सकिए पनि लकडाउनका कारण मात्र पुस्तक बजारमा नआएको पनि उहाँले बताउनु भयो ।
साथै करिब एक सय भन्दा बढी नेपाली चलचित्रमा गीत लेखन अनि करिब ३०० गीत समेत रेकर्डिङ भएका छन् उहाँका । उहाँलाई गद्य, पद्य गीत जुनसुकै विधा पनि सहज लाग्छ । कुनै विषयले गद्यमा, कुनैले पद्यमा तथा कुनैले गीत लेख भनेझैँ जस्तो लाग्छ रे उहाँलाई ।
अरु काव्य जीवनको एक झिल्काका रुपमा मात्र प्रस्तुत हुने तथा महाकाव्यमा सम्पूर्णता लेख्न पाइने कारणले आफूले महाकाव्यमा जोड दिएको बताउनु हुन्छ उहाँ । अग्नि महाकाव्यमा उहाँले आरनमा बसेर फलाम पिट्दै गरेको एउटा विश्वकर्माको आँखाबाट देशको संस्कृति, इतिहास, विविधता र जातीय समस्याको जडलाई छिचोल्ने कोसिस गर्नु भएको छ ।
पुरस्काररसम्मान
उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०५९ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान हासिल गर्नुभएको थियो । त्यस्तै रेडियो नेपालद्वारा २०५८ सालमा आयोजित राष्ट्रिय बाल गीत सम्मेलनमा पनि उहाँले प्रथम स्थान हासिल गर्नुभएको थियो । साथै द रेयुकाइ नेपालले २०४८ सालमा आयोजित राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता पनि उहाँ प्रथम हुनु भएको थियो ।
पुरस्कार सबैलाई प्रिय लाग्ने कुरा त छँदै छ । कवितामा रुचि राख्ने अनि कविता लेख्ने मानिस त्यसमै राष्ट्रिय प्रथम, गीत लेख्न रुचि राख्ने त्यसमा पनि राष्ट्रिय रुपमा प्रथम साथै बोल्न रुचाउने तथा पेसा पनि भएको मान्छे वक्तृत्वकलामा पनि राष्ट्रिय रुपमा प्रथम । यस अर्थमा पनि उहाँलाई यी तीन प्रथम पुरस्कार विशेष लाग्ने रहेछन् ।
उहाँका अन्य सम्मान यस्ता रहेछन् । धादिङ साहित्य समाजद्वारा २०४८ सालमा आयोजित धादिङ साहित्य सम्मेलनमा प्रथम । मातृभूमि साहित्य सम्मान २०६५ । भोग्य सगुन पत्रकारिता पुरस्कार २०६८ । चलचित्र पत्रकारिता पुरस्कार २०६८ । पहलमान सिंह स्वाँर युवा साहित्य साधना सम्मान २०७१ । विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार २०७१ । या।नी।ती। स्मृति साहित्य पुरस्कार २०७२ । राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७३ । राष्ट्रिय सञ्चार तारा पुरस्कार एवं नेपालीपन सम्मान २०७३ । ‘धरा’ महाकाव्यका लागि नरेन्द्र अनुराग साहित्य पुरस्कार २०७४ । गोदावरी प्रतिभा पुरस्कार २०७५ । महालक्ष्मी साहित्य पुरस्कार २०७७ । तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७७ ।
उहाँको भन्नु
सामान्यतया लेखकहरूलाई एउटा आरोप लाग्ने गरेको छ, उसले पहिलो कृति दमदार हुने अनि पछिल्ला कृतिमा भने स्तर हराउँदै जाने समस्या रहन्छ । तर, उहाँ भने आफू यस मामिलामा पृथक् रहेको बताउनुहुन्छ । आफ्ना महाकाव्यहरू कर्ण भन्दा धरा र धरा भन्दा अग्नि अझै माथि रहेको उहाँको ठम्याइ छ ।
कर्ण र धराको जाँच त पाठकहरूले गरिसकेका छन् तर, अग्नि भने पाठकको अग्नीकुण्डमा होमिन बाँकी भए पनि उहाँ भने यसको स्तर उच्च रहेकोमा निश्चिन्त हुनुहुन्छ ।
लेखक स्वयं नै पहिलो पाठक भएकाले पनि उहाँको यो विश्वास रहेको हुनसक्छ । तर, कामका दौरान उहाँ देशका ७४ वटा जिल्ला घुम्नु भएको छ । ७४ जिल्लाका भाषाले, धर्मले जातले फरक फरक मान्छेका दैलामा पुग्नु भएको छ । तिनका पिँढीमा पलेँटी कसेर बस्नु भएको छ । त्यहीँ खानु भएको छ, बस्नु भएको छ अनि देख्नु भएको छ ।
देशको गरिबी तथा समृद्धि सबै देख्नु भएको छ उहाँले । देशको भूगोल तथा विविधता देख्नु र सबै चिजलाई उहाँले अनुभूत गर्नुभएको छ ।
एउटा सीमान्तकृत वर्गले आफ्नो आँखाबाट देश कसरी देख्छ र हेर्छ भन्ने कुराको पनि उहाँले अनुभव गर्नुभएको छ । र आफ्नो जीवनको ती सबै चिज राखेर उहाँले अग्नि महाकाव्य लेख्नु भएको छ । र, उहाँ भन्नुहुन्छ यो उहाँको जीवनको टर्निङ प्वाइन्ट र क्लाइमेक्स हो । एक पटक यसलाई वर्तमान समयसँग दाँजेर हेर्न पनि उहाँको आह्वान छ । यस कारण पनि अग्नि विशेष रहेको उहाँको बुझाइ, ठम्याइ अनि दाबी समेत छ ।
यस अघिको उहाँको महाकाव्य धराका यी तलका श्लोकले वर्णन गरेभन्दा बुझाइको धरातल, राजनैतिक धरातल र अनुभूतिमा आएको गहिराइले पनि अग्नि विशेष बनाएको उहाँको थप दाबी रह्यो ।
रोएर आँखा नधुने म देऊ
धोएर छाती नरुने म देऊ
छुनेहरूले नछुने म देऊ
म भित्र मेरै म हुने म देऊ ९धराबाट०
एकै देश अनेक थरमा राई र लिम्बु म हुँ
साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे म हुँ
राज्यै छैन र राजवंश भनिने त्यै राजवंशी म हुँ
गन्गाइ र सतार पूर्व तिरका पूर्वीय थारु म हुँ
लेख्ने सन्दर्भमा भने उहाँको आफ्नै मान्यता छ । अरु किन र के का लागि लेख्छन् भन्दा पनि उहाँ भने आफ्नो माटो, आमा र संस्कृतिका बारेमा लेख्दै चौथो नम्बरमा आफूलाई राख्न चाहनुहुन्छ । र, लेख्नुहुन्छ ।।
पहिलो माटो दोस्रो आमा संस्कृतिको काख तेस्रो
चौथो म हुँ पाँचौँ मेरो जिन्दगीको परिवेश हो ।

लोक संवाद अनलाईनबाट साभार

लोकप्रिय

चन्द्रशमसेरके निगाह

शीतल गिरी । हमरा साहित्यसे कथि मिलल ? ई बात अपनेसे पुछइले त मनके कौनो कोनामे नुकाके रहल आत्मसन्तुष्टि मिलइअ मानो सब...

12 más útil software para relajado Conexiones (Disponible en nuevo iphone y Android)

La monogamia no es para todos. Algunas personas son encendido por idea de apegarse a cualquiera todo su particular reside - y algunos...

Modi per ottenere un ex Indietro

Era stato lui tutto tu in precedenza desiderato? Qualunque cosa tu in precedenza richiesto, sì? Bene, generare il â € ˜N SYNC e...