Monday, March 27, 2023

दामन भ्युटावर एक वर्षका लागि भाडामा

पछिल्लाे समाचार

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...

नीरज साहके बिना ढेउवाके अभियानमे दियालो क्लबके सहयोग

रौतहट ।। रौतहट जिल्लाके सदरमुकाम गौर स्थित राइम मिलमे करिब दुइ दशकसे निरन्तर रुपमे बालबालिकाके पढावइत आएल नीरज साहके अभियानमे दियालो युवा...

Smaller Quality of Life ROM Hacks

There is no legal precedent for ripping and downloading ROMs for games you own, though an argument could be made for fair use. After...

Head Soccer Online Online Game Play for Free

As the most popular sport across the globe, soccer is fun to play and exciting to watch. Not only has soccer become a summer...

Sonic Games In Order 2022 Ultimate List

For more on why Sonic '06 is so awful, check out the highlights from our Super Replay dedicated to playing through the entire game,...
हेटौंडा–उत्तरी मकवानपुरको दामनमा रहेको दामन भ्युटावर तत्काल एक वर्षका लागि भाडामा दिने तयारी गरिएको छ । केन्द्रीय राजधानीलाई तराई जोड्ने सेतुका रुपमा त्रिभुवन राजपथको सर्वाधिक उचाईंमा रहेको सीमभन्ज्याङमा अवस्थित दामन भ्युटावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ । देशकै प्रमुख गन्तव्यमध्ये एक मकवानपुरको उत्तरी भेग पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ ।
भ्युटावरमा रिसोर्ट पनि सञ्चालनमा छ । यस टावरबाट पालुङ, दामन, बज्रबाराही र चित्लाङको फाँटमा फलेको ताजा तरकारीको हरियो फाँट, पूर्वमा सर्वोच्च शिखर सगरमाथा, पश्चिममा अन्नपूर्ण तथा धौलागिरिलगायत नेपालका उच्च ८ हिमशृंखलाको सहज दृश्यावलोकन गर्न सकिन्छ । अधिक गर्मीको बेला, तनावको बेला र बिदा मनाउन चिसो शान्त वातावरणको आनन्द लिन मानिसहरु त्यहाँ पुग्ने गर्दछन् । त्यहाँ स्थापित सुविधायुक्त भ्युटावर र पानोरमा रिसोर्ट लगायत होटल तथा लजले दशकौंदेखि स्वदेशी तथा विदेशी पर्यटकमा सेवा पुर्याउँदै आएका छन् ।
सोमबार थाहा नगरपालिका राजस्व परामर्श समितिको बैठकले हाल यत्तिकै रहेको दामनस्थित भ्युटावरको विकासका लागि डीपीआर तयार गरी २५ वर्षका लागि भाडामा लिने स्वयम्ले डीपीआरअनुसारको संरचना बनाउने गरी दिने तर तत्काल एक आर्थिक वर्षका लागि न्यूनतम् वार्षिक २ लाख रुपियाँ भाडामा टेण्डर आह्वान गर्ने निर्णय भएको समिति सदस्य सुरेन्द्रमान प्रधानले जानकारी दिए । प्रधानका अनुसार टावरका लागि आधुनिक टेलिस्कोपसमेत खरिद प्रक्रिया अघि बढिसकेको छ । हाल कमजोर भौतिक पूर्वाधार रहेको र भएका संरचनाहरु समेत पुरानो भएका कारण भ्युटावरलाई नियमित सञ्चालन गर्न नसकेको जनाउँदै यसअघि भाडामा लिएको होटल प्रकाशले गत वर्षदेखि टेण्डर रद्ध गरिसकेको छ ।
हाल थाहा नगरपालिकाको स्वामित्वमा रहेको भ्युटावर यत्तिकै बन्द छ । यसअघि तत्कालीन जिल्ला विकास समिति मकवानपुर र सोभन्दा अगाडि पर्यटन मन्त्रालयको स्वामित्वमा थियो । २०६१ सालसम्म २ वटा टेलिस्कोप रहेकोमा एउटा नयाँ टेलिस्कोप तत्कालीन द्वन्द्वकालमा माओवादीले लगेको थियो भने एउटा हाल पुरानो भएको छ । देशभित्रका मात्र होइन, बाह्य पर्यटकको घुईंचो हुने उत्तरी क्षेत्रमा निर्माण गरिएका संरचनाहरु पर्याप्त भएकै अवस्थामा थप तीन वटा भ्युटावर निर्माण योजना अघि सारिएको छ । थाहा नगरपालिकामा ३ वटा भ्युटावर निर्माण हुने भएका छन् । संघीय, प्रदेश सरकार र स्थानीय तहको छुट्टाछुट्टै लगानीमा ३ वटा भ्युटावर निर्माण गरिने भएको हो ।
त्रिभुवन राजपथअन्तर्गत् थाहा नगरपालिका–४, दामनस्थित करिब ५० वर्षअघि नै भ्युटावर सञ्चालन भइरहेको अवस्थामा एउटै स्थानीय तहमा थप ३ वटा भ्युटावर सञ्चालनमा आउने भएको हो । थाहा नगर–४, नयाँगाउँस्थित भ्युटावरसहित पर्यटन पार्क, स्थानीय उत्पादन बिक्रीपार्क, पिकनिक स्पोट निर्माण सुरु गरिएको छ । करिब १ सय ५० रोपनी क्षेत्रफलमा ५ वर्षभित्र निर्माण सक्ने गरी ५ करोड ५० लाख लागत अनुमान गरिएको नगर प्रमुख लवशेर बिष्टले बताए । देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक भएकोले पर्यटकका लागि समय खर्चिने र भुलिने रणनीतिसाथ पार्कसहितको भ्युटावर निर्माणमा जोड दिइएको बिष्टको दाबी छ । नयाँगाउँमा बन्ने १८ मिटर लामो भ्युटावरबाट हिमालसँगै नजिकका क्षेत्र कुलेखानी, मार्खु, इन्द्रसरोवर र बज्रबाराही दृष्यालोकन गर्न सकिने मेयर बिष्टले जानकारी दिए । स्थानीय तहको पूर्ण लगानीमा निर्माण गर्न लागिएको उनको भनाइ छ ।
स्थानीय तहको लगानीमा भ्युटावर निर्माणाधीन अवस्थामै रहँदा संघीय सरकारले नयाँगाउँ नजिक करिब ५ किलोमिटर फरकमा भ्युप्वाइन्ट निर्माण गरेर सञ्चालनमा आइसकेको छ । संघीय सरकारको आर्थिक सहयोग र नगरपालिकाको समन्वयमा थाहानगर–४ स्थित दामनमा भ्यु प्वाइन्ट निर्माण गरिएको हो । ४ महिनामै निर्माण गरिएको भ्युप्वाइन्टका लागि ४२ लाख खर्चिएको छ । २३ सय मिटर अग्लो स्थानमा १ सय ५७ खुड्किला फलामे भ¥याङ् निर्माण गरेर डाँडाको टापुलाई संरक्षण गर्दै भ्युप्वाइन्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ । ४२ लाख खर्चिएर भ्युप्वाइन्ट ४ महिनामा निर्माण सकाएको सरकारले टावरनजिक हालसम्म पक्की सडक निर्माण गर्न सकेको छैन ।
थाहा नगर क्षेत्रभित्र प्रदेश सरकारले हिलस्टेशन निर्माण योजना अघि बढाइसकेको छ । थाहा नगरपालिका–९ स्थित चन्द्रागिरि डाँडामा करिब २२ सय मिटर अग्लो डाँडामा २० मिटरको हिलस्टेशन निर्माणको योजना बागमती प्रदेश सरकारले अघि सारेको हो । थाहा नगरको स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र खानेपानीको समस्या कायम रहेको अवस्थामा भ्युटावरमै तीन वटै सरकारले लगानी गरिरहेका छन् । एउटै स्थानीय तहमा भ्युटावरमा तीन वटै सरकारले लगानी गरिरहँदा आधारभुत पूर्वाधार ओझेलमा परेका छन् । थाहा नगर प्रमुख बिष्टका अनुसार ९० प्रतिशत् घरपरिवारका लागि खानेपानी आपूर्ति गरिए पनि एकीकृत खानेपानीको अभाव कायम छ । स्वास्थ्य क्षेत्रको सवालमा पनि वडामा स्वास्थ्य चौकी भए पनि नगर क्षेत्रमा व्यवस्थित अस्पताल हालसम्म सञ्चालन हुन सकेको छैन । नेपालमा भ्युटावरको आगमन भयो ६ दशकअघि त्रिभुवन राजपथ बनाउँदा भारतीय सेनाको निर्माण टोलीले सीमभञ्ज्याङमुनिको पाखो दामनमा भ्युटावर निर्माण गरेपछि । त्यसैको सिकोमा गत वर्षहरुमा बनिसकेका, बन्दै गरेका र भत्किसकेका, मक्किसकेका भ्युटावरहामी देख्न पाउ“छौं मध्यपहाड यताउता । 

लोकप्रिय

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...

नीरज साहके बिना ढेउवाके अभियानमे दियालो क्लबके सहयोग

रौतहट ।। रौतहट जिल्लाके सदरमुकाम गौर स्थित राइम मिलमे करिब दुइ दशकसे निरन्तर रुपमे बालबालिकाके पढावइत आएल नीरज साहके अभियानमे दियालो युवा...

Smaller Quality of Life ROM Hacks

There is no legal precedent for ripping and downloading ROMs for games you own, though an argument could be made for fair use. After...