सन्दर्भ : तुलसी रोप्ने दिन

0
533

श्री स्वस्थानी ब्रतकथा, गरुड पुराण, देवी भागवत, स्कन्द पुराण, ब्रह्म पुराण, विष्णु पुराणहरुमा तुलसीको उत्पत्तिवारे विभिन्न कथा उल्लेख छ । त्यही विभिन्न कथाहरु मध्ये एउटा कथा यस्तो छ । देवता र दानव मिली समुद्र मन्थन गर्दा प्रकट भएको १४ रत्नहरु मध्ये अमृतको कलश देख्ने वित्तिकै सम्पूर्ण देवताहरु आफूहरुको परिश्रम सफल भएको अनुभूतिमा सबैको आंखाबाट हर्षाश्रु खस्थो । तिनै हर्षाश्रुको प्रत्येक थोपा थोपाहरुबाट तुलसीको विरुवा उम्रियो ।

तुलसीको अन्तरराष्ट्रिय नाम (OCIMUM SANCTUM) ओसिमम् सेंक्टमम् हो । तुलसीको २२ प्रजाति हुन्छ । मुख्यमुख्य–कालो तुलसी, सेतो तुलसी, रामतुलसी गन्धा तुलसी, विल्वगन्धा तुलसी, वनतुलसी, वावरीतुलसी, श्री तुलसी, सीता तुलसी आदि नामको यत्रतत्र पाइन्छ । दश साधारण वृक्ष्ँ वरावर एक पीपल, दश पीपल वरावर एक तुलसीबोटबाट प्राणवायु उत्सर्जन हुन्छ ।
घर आंगनमा तुलसी रोप्नको लागि अग्लो पारी चौकी जस्तो वनाएर वा गमलामा तुलसीको विरुवा रेप्ने गरिन्छ । यसलाई तुलसीको मठ भनिन्छ । हरेक जेठ शुक्ल एकादशी (निर्जला एकादशी) मा बिउ छरिन्छ ।

आषाढ कृष्ण एकादशीमा सानाविरुवा गोडमेलगरी आषाढ शुक्ल हरि शयनी एकादशीको दिन विरुवा सार्ने गरिन्छ । यस दिनबाट चतुर्मास्य ब्रतको आरम्भ हुन्छ । २ मैना पछि भाद्र शुकल हरिपरिवर्तिनी एकादशी हुंदै कर्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन दामोदर भगवानसंग तुलसीको विवाह गरी अग्निस्थापना विधिले घिउ, चरु, पायस होम गरेर चतुर्मास्य व्रतको समापन र नयां अन्न (चामल दहीमा भिजाएर) नुवागी खाने परम्परा हाम्रो संस्कृतिमा विशेष प्रकारले गर्ने गरिन्छ ।
यसरी चार महिना भरि बिहान वेलुका तुलसीको पुजा आरती एवम् आस्विन शुक्ल पूर्णमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म महिनाभर तुलसीको मठ नजिकै लिंगो गाडेर लिंगोमा डोरीद्वारा आकाशतर्फ उचालिएर विशेष किसिमको बत्ती बाल्ने गरिन्छ । यसलाई आकाश दीपबाल्ने भनिन्छ । बिहान ब्राह्म मुहुर्त देखि सूर्योदय नभएसम्म बोलुकी सूर्यास्तपछि प्राय सन्ध्यासमय सम्म आकाशदीप बाल्ने गरिन्छ ।

तुलसी औषधीय गुण युक्त धार्मिक वनस्पति हो । तुलसीको बोटको चारै तिर २०० सय मिटरदुरी सम्म विद्युतिय शक्तिको असर देखिन्छ । तुलसीको सुगन्धले मलेरिया प्रवर्धक लाम्खुटे भगाउछ । तुलसीखास गरी रक्तदोष, पथरी, कुष्टरोग चर्मरोग, हाड जोर्नी दुःखेको, खोकी, रुघा, एवम् हावा द्वारा सर्ने रोग लगायत घाउ खटिरा, ज्वरो आदिमा लाभदायक हुन्छ । तुलसीकाष्ठको माला धारण गर्नाले शरीरमा आवश्यक वैद्युतीय शक्तिको सन्तुलन कायम भइरहन्छ ।

तुलसीको पात, डांठ, मञ्जरी, फूल, फल, जरा, सबै अंग औषधीय गुणयुक्त हुन्छ । घर वरिपरि यदि थोरैभन्दा थोरै जमिन पनि खाली छभने तलसीको बिरुवाहरु रोपेर झपक्क तुलसीघारी बनाउन जरुरी छ । स्वाशप्रस्वाशमा समस्या परेमा यस्तो तुलसीघारीको नजिकै बस्नाले धेरै फाइदा हुन्छ । तुलसीखास गरी गृस्म वर्षा शरद ऋतुमा लहलहाउछ । हेमन्त शिशिर ऋतुमा कठ्यांग्रीन्छ । तुलसीको बोटमा हांगा बिंगाले परिपूर्ण बनाउनुछ भने फुल फुल्न शुरु गर्ने बित्तिकै टुप्पोको एक दुई पात आउने गरि चुंडिदिनु पर्छ । यसो गर्नाले बोट झांगिन्छ ।
तुलसीको पातमा वाल देखियो वा पात खुड्े देखिन थालेमा गाईको गोवरको गुइठा पोलेर त्यसको खरानी छरी दिनु पर्छ । पकाई सकेको चियापती पानीमा सफासंग धोयर फेदमा हाल्नाले पनि फाइदा गर्छ । सेतो वा कालो दुवै तुलसी उत्तिकौ प्रभावकारी हुन्छ । नित्य तुलसीको पात खानाले क्यान्सरको किटाणु फैलिन पाउंदैन । तुलसी तजा पत्ता नित्य सोवन गर्नले गर्भ निरोधको लागि पनि उपयोगी हुन्छ । तुलसीको पात चपाएर खानुहुदैन, सलक्क निल्नु पर्छ । अरिगाल, बच्छिउं, बारुलो, खजुरो, विच्छी आदिले टोकेको ठाउंमा तुलसीको ताजापात दल्लनाले दुखाई कम हुन्छ । सर्पले टोकेको ठाउंमा यथासिघ्र तुलसीको पात पिधेर लेपलगाउनाले तथा तुलसीको पातको लेदो पिउनाले सर्पको विष शरीरमा अन्यत्र फैलन पाउदैन । तुलसी पात पिधेर कागतीको रसमा मिलाई प्रयोग गर्नाले सबै प्रकारको चर्म रोगहरुमा अत्याधिक लाभहुन्छ । धेरै अनुभूत सिद्वभइसकेको छ ।

जुन घरको आंगनमा लहलहाउदो तुलसीको घारी छ भने त्यहां प्राय चट्याङ पर्दैन । अचानक तुलसी मासियो भने भविष्यमा केहिन केहि शङकट पर्ने छ भनि जान्नु नित्यपूजामा तुलसी पत्र चडाउनु नैवेद्य भोगमा तुलसी पत्र चडाउनु अनिवार्य मानिन्छ । गणेश जिलाई तुलसी पत्र चड्दैन पित्रिलाई नभइहुदैन । सप्त मृतिका संकलन गर्दा, श्रावण शुक्ल पूणीमा श्रावणी स्नानगर्दा, सत प्रकारका स्नान मध्यो मृतिका स्नान गर्दा, महिलाहरुले ऋषिपञ्चमी स्नान गर्दा तुलसीको फेदको माटो अनिवार्य मानिन्छ । चतुर्मासको अतिरिक्त समयमा पनि तुलसीको नित्य पूजा र सेवागर्ने परम्परा हाम्रो संस्कृतिमा अनिवार्य छ । अन्य फुल पात जस्तो तुलसी पत्र वा मञ्जरी कैल्यै वासी हुदैन । मृत्युसयामा पुगेको अवस्थामा तुलसीको पात वा मञ्जरी अथवा तुलसी जल मुखमा पारिदिनाले सजिलै मोक्षमिल्छ भन्ने कुरा गरुड पुराणमा उल्लेख छ ।

यदि असामान्य प्रेतवाधाले कष्ठ भोगिरहेको अवस्था छ भने तुलसीको पात वा मञ्जरी प्रसस्त राखिएको जलले “ऊ नमो भगवते वासुदेवाय÷मम संकट नासाय÷तुलसा राधा दामोदराय नमः” जस्तो मन्त्र जपेर सात दिन लगातार स्नान गर्नाले त्यस्तो भुतप्रेत वाधा हट्छ । तुलसी स्तोत्र मन्त्र कवज पाठ गर्नाले अथवा “वृन्दा, वृन्दावनी, विश्वपावनी, विश्वपुजिता, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी यो आठनाम नित्य पाठ गर्नाले अश्वमेध यज्ञ गरे वारवर फलप्राप्त हुने कुरा देवि भागवातमा उल्लेख छ । नेपालर भारतमात्र होइन जहां जहां हिन्दुहरु छन् त्यहां तुलसीको महत्व सर्वाेपरी रहेको छ । तुलसी सर्वोपयोगी वनसपतिको रुपमा विश्वमा अरु मुलुकहरुमा पनि उपयोगी विरुवा मानिन्छ । पूर्वी ग्रीसको चर्चनामक समप्रदायमा नयां वर्षको उपलक्षमा देवालय वा सार्वजनीक ठाउंमा तुलसीको उपयोग गरिन्छ । यसरी सार्वजनिक स्थानहरुमा त्यस समूदायका नारीहरु भेलाभई तुलसी पात, विरुवा, मञ्जरी टिपेर आ–आफ्नो घर लगि सम्मनका साथ राख्ने गर्छन । कतिपय मुलुकहुरुमा तुलसीलाई आरोग्य लक्ष्मीका रुपमा सम्मान गर्ने गर्छन । प्राकृतिक चिकित्सा पदधती अन्र्तगत तुलसी घारीमा रोगीलाई स्थिर गराएर धेरै प्रकारको उपचार गर्ने गराईन्छ ।

आंगानमा तुलसीको मठ छ मठमा तुलसी झांगिएको छ अथवा घर वरिपरि कहिं पनि तुलसीको बोट मौजुद छ । त्यो घर तिर्थ जस्तै हो, जहां व्याधिरुपि यमदुतहरुको लागि प्रवेश निषेध गरिएको हुन्छ । शरीरको बाहिर देखिने रोग वा अदृष्य अवस्थाको रोग प्राय सबैमा मिश्रण सुत्रअनुसार सर्वाङग तुलसी उपयोगी छ । वेद पुराण स्मृति र संहिताहरुमा तुलसीको महिमा उल्लेख छ । विशेष गरी वैद्यक सात्रहरु चरक, सुश्रुता, संहिता भावप्रकाश अस्टांग हृदयहरुमा तुलसीको उपयोगिता उल्लेख छ ।
हामीले सहजै भन्नु पर्दा हाम्रो घर परिवारमै पनि रुघा, खोकी एवम् सामान्य ज्वरांश हुदा तुलसी पानी पकाएर खानी भन्ने गरीन्छ । यसको आश्य पनि प्राथमिक उपचारनै पनि तुलसी पानीबाट सुरुहुन्छ । यस्तो महत्व पूर्ण औषद्यिय गुण सम्पन्न सर्वसुलभ बनस्पती जस्लाई धार्मिक दृष्टिकोणले झन सम्माका साथ मठ एवम् गमलामा विरवा रोपेर आजै देखि संरक्ष्ँण संवर्धनको व्रत सुरु गरीदैछ ।

“यतो धर्म ततो जय” भन्दै धार्मिक भवनाबाट तुलसीको गर्ने गरै ।
उपसंहार
महाप्रसाद जननी सर्व सौभाग्य वर्धिनि ।
आधिव्याधिहरानित्यं तुलसी त्वं नमोस्तुते ।। (ब्रह्मवैवर्त पुराण)

ठुला ठुला वैभव एवम् ऐश्वर्य की जननी एवम् सबै प्रकारको सौभाग्य बृद्धिगराई समस्त रोगव्याधी हरण गर्न सक्ने क्षमता भएकी तिमि तुलसीलाई सधै नमस्कार छ ।
उष्ण र सम शीतोष्ण भुमीमा तुलसीको बोट फस्टाउंछ । दक्षिण पूर्वी एसिया मुलुकहरु, भारत, नेपालमा ग्रान्या, सुलभा, सुरसा, शलघ्नी, बहुमञ्जरी आदि नामबाट पनि परिचत छ । ज्वरो, खोकी, रुघा, घाउखटिरा बाहिरी रोग भित्रिरोग सबै अवस्थामा तुलसीको प्रयोगगर्न सकिन्छ धार्मिक प्रभाव, औषधीय गुण, बहुउपयोगी तुलसीको फुल, पात, हांगा, बिंगा, डांठ, जरा ताजा पुराने सबै वरावर उपयेगी हुन्छ । हाम्रो धर्म संस्कृति एवम् प्राच्य परम्परामा तुलसीको विशेष महत्व छ ।
समाप्तः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here