Friday, June 2, 2023

मुख्यमन्त्रीविरुद्ध दोहोरिँदै अविश्वास प्रस्तावँ

पछिल्लाे समाचार

Galaxy S10 SC-03L Global Firmware Android 12 Download

The Stock ROM comes as a zip package which contains the original Firmware, Flash Tool, Driver, and How-to Install Manual. The Stock ROM can...

Xiaomi Black Shark Firmware File QFIL ROM

These problems are most common on almost every smartphone out there. But you don’t have to worry if you are facing any problem on...

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...

नीरज साहके बिना ढेउवाके अभियानमे दियालो क्लबके सहयोग

रौतहट ।। रौतहट जिल्लाके सदरमुकाम गौर स्थित राइम मिलमे करिब दुइ दशकसे निरन्तर रुपमे बालबालिकाके पढावइत आएल नीरज साहके अभियानमे दियालो युवा...

Smaller Quality of Life ROM Hacks

There is no legal precedent for ripping and downloading ROMs for games you own, though an argument could be made for fair use. After...

हेटौंडा–नेकपा एमाले नेतृत्वको केन्द्रीय सरकार ढाल्ने मुख्य भूमिकामा रहेको माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न तयारी थालेको छ ।

केन्द्रमा नेकपा एमालेको सरकार ढलेसंगै केपी ओली निकट मानिएको प्रदेश सरकार ढाल्ने तयारीमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्र लागिपरेको हो । केही अन्यौलता र तीव्र ध्रुवीकरणबीच पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा दलहरुका आआफ्नै बुझाइ एवम् दृष्टिकोण छन् ।

केन्द्रमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमाले ‘फुटको संघारँ मा पुगेको छ । केन्द्रमा गठबन्धनको सरकार बनेपछि प्रदेशमा पनि नयां सरकार बनाउन प्रतिपक्षी दलले कसरत थालेका छन् भने सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने माग सत्तापक्षको छ । प्रदेश सरकारविरुद्व सबै विपक्षी दल एक भए पनि बहुमतमा रहेको एमाले नेतृत्वको प्रदेश सरकारलाई सत्ताबाटै असहयोग देखिन्छ ।

बागमती प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा गरेको जानकारी दिए । उनले बागमती प्रदेश सरकारको आयु केही दिनमात्र भएको दाबी गरे । ‘ओलीविरुद्ध सबैजना लड्दै आएका छन् । यसमा हामीलाई नेपाली कांग्रेसका साथै एमाले माधव नेपाल पक्षका सांसद्हरुले पनि अवश्य साथ दिनु हुनेछ,ँ उनले भने–केही दिनमा नयाँ सरकार बन्छ ।

उनले संसद्ेमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर सरकारलाई सत्ताबाट बाहिर निकाल्ने टिप्पणी गरे । जम्कट्टेलले भने–संसद्मा भएका बिभिन्न राजनीतिक दलसँग हामीले छलफल गरिरहेका छौं । यही दिन भनेर त भन्न सक्दिनँ, तर हामी तयारी गरिरहेका छौं । छिटोभन्दा छिटो अविश्वास प्रस्ताव आउँछ ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने कांग्रेस तत्काल प्रदेश सरकार परिवर्तन गर्नुपर्ने मनस्थितिमा नरहेको बताएका छन् । सरकार परिवर्तन गर्नुपर्ने अवस्था आए अघि बढ्ने बानियाँले बताए ।

तत्काल भने कांग्रेस त्यो मनस्थितिमा नरहेको भन्दै उनले केन्द्रको राजनीतिमा निर्माण भएको परिस्थित भविष्यमा प्रदेशमा आउन सक्दैन भन्न नसकिने तर अहिले नै यस्तो हुन्छ भन्ने परिस्थिति पनि नबनेको बताएका छन् ।

तत्काल नै प्रदेश सरकारलाई अविश्वास गरेर जाने भन्ने पक्षमा नरहेको बानियाँले स्पष्ट पारे । ‘अहिले नपाली कांग्रेस संसदीय दलको मनस्थितिमा अविश्वास प्रस्ताव ल्याउने कुरा छैन,ँ उनले भने ।

बानियाँले संसद्बाट बजेट पास गर्ने बेलामा प्रदेश सरकारले गरेका काम दुर्भाग्यपूर्ण रहेको बताए । उनले सरकारका काम, कुरा र व्यवहार फरक देखिएको भन्दै सरकारको समृद्धिको नारा कुरामा मात्र भएको तर काममा नभएको टिप्पणी गरे । प्रदेश सरकार परिवर्तन गर्नु आवश्यक भए पनि तत्काल परिवर्तन गर्ने पक्षमा नभए पनि परिस्थितिअनुसार अघि बढ्ने उनको टिप्पणी छ ।

माधव पक्षका सांसद् राजेन्द्र पाण्डेले प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्न पाए एमाले नेतृत्वको सरकार सहज चल्नसक्ने बताएका छन् । सरकारको नेतृत्व आफूहरुले गर्न नपाए असहज परिस्थिति आउने उनले बताए ।

उनले भने–हामीले पहिलेदेखि नै सरकारको नेतृत्व परिवर्तन गर्न माग गरिरहेका थियौं । बजेट पास गर्दा पनि नेतृत्व परिवर्तन फेर्नुपर्छ भन्ने कुरा राखेका थियौं, हेरौं कसरी आउँछन् ।

पाण्डेले प्रदेश सरकारले असन्तुलितढंगले ल्याएको बजेट फेल हुने अवस्था आउन नदिन संसद्मा सरकारलाई सघाएको जिकिर गरे । ‘बजेटमा अझै पनि असन्तुष्टि छन्, असमानता छन् । त्यसको समाधान गर्नुपर्छ हामीले भनेका थियौं । बजेट फेल नै गरेर जाँदा समाधान हुने नभएर हामीले बजेट पास गर्न सहयोग गरेका हौं, उनले थपे ।

प्रतिपक्ष नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात लामाले बागमती प्रदेशमा बहुमतको सरकार एमालेको रहे पनि एमालेभित्रको तीक्तताका कारण गर्दा कमजोर हुँदै गएकाले एमाले ‘विभाजनँ पछि बागमती प्रदेशमा पनि नयाँ सरकार बन्नसक्ने उनले जानकारी दिए । ‘हामी अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छैनौं । तर, नयाँ सरकार बन्न सक्ने हाम्रो ठम्याईं हो ।

नीति तथा कार्यक्रम र बजेटका हिसाबले कमजोर भएको प्रदेशको सरकार एमाले ‘विभाजनँ ले झन् कमजोर हुने उनले दाबी गरे । नीति तथा कार्यक्रम र बजेट पास गराउन साथ दिएकी माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अविश्वास प्रस्तावका विषयमा नसोचिएको बताइन् । उनले बागमती सरकार ढाल्न कसरी लाग्ने वा नलाग्ने तयारी नगरेको उनले जानकारी दिइन् ।

‘हामीले पहिले पनि अविश्वास प्रस्ताव दर्ता गरेका थियौं । तर, नमज्जाले फिर्ता लिनुप¥यो । त्यसैले यसपटक हामीले तयारी गरेका छैनौं । नीति तथा कार्यक्रम र बजेटमा पनि सरकारलाई साथ दिएका थियौ ।

नेकपा एमाले संसदीय दलको विधान संशोधनका लागि समिति निर्माण गर्न बसेको बागमती प्रदेशको पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले विगतका कमीमजोरी त्यागेर अघि बढ्नुपर्ने धारण व्यक्त गर्दा नेपाल समूहकी प्रदेशसभा सदस्य शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढाउन र पार्टीलाई एकतावद्ध बनाउन मुख्यमन्त्री पौडेलविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिइएको बताएकी थिइन् ।

उनले कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई लत्याएर विधि र विधान मिच्दै अघि बढ्दा कम्युनिष्ट पार्टी धरासयी बनेको टिप्पणी गरिन् । नेकपा एमालेलाई जनताले विश्वास गरेर बहुमत दिए पनि सरकारले जनता हितमा काम गर्न नसकेको दाबी गर्दै उनले निषेधको राजनीति त्यागेर सबैलाई समेट्नसक्ने नेतृत्व वर्तमान कम्युनिष्ट पार्टीमा आवश्यक रहेको उल्लेख गरिन् ।

बैठकमा नेतृ शाक्यले प्रदेश सरकार ओलीकै बाटोमा हिँड्न थालेकाले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुपरेको बताएकी थिइन् । प्रदेश सरकारको कामप्रति धेरै प्रश्न उठेको उल्लेख गर्दै उनले पटकपटक सच्याउने प्रयास असफल भएको बताएकी थिइन् ।
‘पौडेल नेतृत्वले प्रदेशको औचित्य स्थापित हुने गरी काम गर्न सकेको छैन । विकास बजेटसमेत खर्च गर्न सकेको छैन । प्रदेशका बासिन्दाले प्रदेश सरकार भएको अनुभूति गर्न पाएका छैनन्,ँ विवेकशील साझाका सांसद् रमेश पौड्यालले भने–कोभिड र बाढिपहिरोको मारमा प्रदेशका नागरिक छन् । सरकार निदाएको छ । यस्तो परिवेशमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए हामी पार्टी र संसदीय दलमा छलफल गरेर उपयुक्त निर्णय लिन्छौं ।

नेकपा एकमाले बामगती प्रदेशका सचेतक दीपक निरौलाले अविश्वास प्रस्ताव दर्ता गरे सरकार जवाफ दिन तयार रहेको जानकारी दिए । संवैधानिक हिसाबले प्रतिपक्ष कांग्रेस र माओवादीले हिजोका घटनाबाट उत्साहित भएर प्रदेशमा पनि अविश्वास प्रस्ताव ल्याए राम्रो हुने उनले बताए ।

‘उहाँहरु नीति तथा कार्यक्रम र बजेट फेल गर्न अहोरात्र खटिनुभएको थियो । तर, सक्नुभएन । उहाँहरुले एकदिन सदनमा बोल्ने प्लेटफर्म खोज्नु भएको हो । हामी त्यसको पनि जवाफ सजिलै दिनेछौं,ँ उनले भने । सचेतक निरौलाले भने छिट्टै बागमती प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् । उनले सबैलाई मिलाएर लैजाने विषयमा छलफल भइरहेको बताए । यद्यपि, मुख्यमन्त्री परिवर्तन भने तत्काल हुन नसक्ने निरौलाको भनाइ छ । उनले भने–सरकारको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा नआएको होइन । तर, तत्काल मुख्यमन्त्री परिवर्तन हुने सम्भावना छैन । यस विषयमा पार्टीमा छलफल भने हुन सक्छ ।

निरौलाले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट धेरै आशंकाको बाबजुद पनि पास गरेको भन्दै बागमती प्रदेश एमालेले केन्द्रमा पृथक्ढंगमा उभिएर देखाउने दाबी गरे । अझै पनि बजेटलाई लिएर पार्टीभित्र असहमति र असन्तुष्टि रहेको भन्दै पार्टी विभाजन गरेर र टकराव गरेर नभई एकअर्काको सम्मान गरेर समस्या समाधान गरिने बताए ।

माधव नेपालले आइतबारबाट औपचारिकरुपमा पार्टी विभाजन गरेको भन्दै अर्को पार्टी खोले पनि एमाले विभाजन नहुनेसमेत उनले दाबी गरे । निरौलाले केन्द्रमा भएको राजनीतिक उतारचढावले प्रदेशमा असर नगर्ने बताए । एमालेका नेपाल पक्षका २२ सांसद् र माओवादी केन्द्रका २३ सांसद्समेत ४५ सांसद्ले मुख्यमन्त्रीविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । नेकपा माओवादीका सांसद्हरुले भने अविश्वास प्रस्ताव फिर्ता लिएका छैनन् । प्रचण्ड–नेपाल पक्षका ४५ सांसद्ले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । काठमाडौंस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्रीय निर्देशनअनुसार अविश्वास प्रस्ताव अगाडि बढ्न सकेन । त्यसकारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने निर्णय गरिएको माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता पूर्वमन्त्री जम्कट्टेलले भने । बागमती प्रदेशसभामा १ सय १० सदस्य छन् । प्रदेशसभामा नेकपा एमालेका ५६ सदस्य छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र सांसद् १ जना छन् । नेकपाका ८० सांसद्मध्ये केपी ओली पक्षका सभामुखसहित ३४ जना छन् ।

लोकप्रिय

Galaxy S10 SC-03L Global Firmware Android 12 Download

The Stock ROM comes as a zip package which contains the original Firmware, Flash Tool, Driver, and How-to Install Manual. The Stock ROM can...

Xiaomi Black Shark Firmware File QFIL ROM

These problems are most common on almost every smartphone out there. But you don’t have to worry if you are facing any problem on...

किडनिमे पत्थरी भेल रोगीक कथि नखाएके आ खाएके

एजेन्सी ।। किडनिमे होएवाला पत्थरी सामान्यता चार प्रकारके होखले । क्याल्सियम अक्जालेट पत्थरी,फस्फेट पत्थरी,युरिक एसिड पत्थरी आ सिस्टिन पत्थरी । ८० प्रतिश्त...