Sunday, May 29, 2022

पुनः बढ्न थाले कोरोना संक्रमित

पछिल्लाे समाचार

रुस–युक्रेन युद्ध ः पुटिनके रोके के लेल बेलायत बनएले हए ६ बुँदे योजन

एजेन्सी । बेलायतके प्रधामन्त्री बोरिस जोन्सन युक्रेनो जारी रुकसे ‘भयानक’आक्रमण रोके के लेले विश्वके नेता सब प्रयास करइत बतएले छत ।न्युयोर्क टाइम्सके...

एमसीसी स्वीकार करके आगे बढु–प्रचण्ड

काठमाडौं ।। नेकपा माओवादी केन्द्रके अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पार्टीके जारी केन्द्रीय समितिके बैठकमे अमेरिकी सहयोग परियोजना एमसीसीके संसदसे भेल अनुमोदनके स्वीकर करके आगे...

हेटौंडा–मकवानपुरमा पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबभन्दा बढी ५३ जना हेटौंडा उपमहानगरका छन् ।

मनहरी गाउँपालिकाका ११ जना, थाहा नगरपालिकाका ७ जना, इन्द्रसरोवर गाउँपालिकाका ६ जना, कैलाश गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका २ जना, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका एक÷एक जना रहेको कार्यालयले जनाएको छ । यससँगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १२ हजार २ सय ३१ पुगेको कार्यालयले जाएको छ ।

जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै कोरोना संक्रमित भएको पालिकाका रुपमा हेटौंडा उपमहानगरपालिका छ । केही दिनसम्म संक्रमितको संख्यामा कमी आए पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय ३ जनाले कोरोना जितका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ११ हजार ४ सय ७१ पुगेको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको छ । जिल्लामा ५ सय ७९ जना सक्रिय संक्रमित उपचाररत् छन् । जसमा ५ सय २६ जना घरमा र ५३ जना संस्थागत् आइसोलेसनमा उपचाररत् रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत् थप १ जनाको मृत्यु भएको छ । मंगलबार विहान १ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुने धनुषा जिल्ला स्थायी ठेगाना भएकी ५५ वर्षीया हुन् । उनको मंगलबार विहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी राजीव झाले बताए ।

मंगलबार अस्पतालमा २८ जना कोरोना संक्रमित उपचाररत् रहेको उनले बताए । जसमा १४ महिला छन् । उपचाररत्मध्ये ५ महिला संक्रमित आईसीयुमा, ७ महिला संक्रमित एचडीयुूमा र २ जनासमेत गरी ७ जना संक्रमित आकस्मिक कक्षमा उपचार गराइरहेका छन् । अस्पतालबाट मंगलबार ७ जना डिस्चार्ज भएका छन् । जसमा ४ जना रहेको अस्पतालले जनाएको छ ।

लोकप्रिय

रुस–युक्रेन युद्ध ः पुटिनके रोके के लेल बेलायत बनएले हए ६ बुँदे योजन

एजेन्सी । बेलायतके प्रधामन्त्री बोरिस जोन्सन युक्रेनो जारी रुकसे ‘भयानक’आक्रमण रोके के लेले विश्वके नेता सब प्रयास करइत बतएले छत ।न्युयोर्क टाइम्सके...

एमसीसी स्वीकार करके आगे बढु–प्रचण्ड

काठमाडौं ।। नेकपा माओवादी केन्द्रके अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पार्टीके जारी केन्द्रीय समितिके बैठकमे अमेरिकी सहयोग परियोजना एमसीसीके संसदसे भेल अनुमोदनके स्वीकर करके आगे...