Friday, August 12, 2022

चितवनमा गन्धर्व साँस्कृतिक भवन

पछिल्लाे समाचार

रुस–युक्रेन युद्ध ः पुटिनके रोके के लेल बेलायत बनएले हए ६ बुँदे योजन

एजेन्सी । बेलायतके प्रधामन्त्री बोरिस जोन्सन युक्रेनो जारी रुकसे ‘भयानक’आक्रमण रोके के लेले विश्वके नेता सब प्रयास करइत बतएले छत ।न्युयोर्क टाइम्सके...

एमसीसी स्वीकार करके आगे बढु–प्रचण्ड

काठमाडौं ।। नेकपा माओवादी केन्द्रके अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पार्टीके जारी केन्द्रीय समितिके बैठकमे अमेरिकी सहयोग परियोजना एमसीसीके संसदसे भेल अनुमोदनके स्वीकर करके आगे...

हेटौंडा–बागमती प्रदेश सरकारद्वारा गन्धर्व संग्रहालय तथा साँस्कृतिक भवन स्थापना गरिएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत् चितवनको माडी–८ स्थित कान्तिपुरमा स्थापित केन्द्रको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शुभारम्भ गरेका हुन् ।

केन्द्रले गन्धर्व जातिको आफ्नै मौलिक भाषाबारे थप खोज, अनुसन्धान तथा संरक्षण गर्ने र भावी पुस्तालाई जानकारी गराउने उद्धेश्य लिएको छ । “नेपाली गीतसंगीतको विधा गायन, वादन र नर्तनमा गन्धर्व जातिको ठूलो योगदान छ ।

आफ्नो जीवनलाई गायनको साधन मानेर यसलाई उनीहरुले समर्पित भावले अपनाएका छन्,” कार्यक्रममा मुख्यमन्त्री पौडेलले भने–विषम् परिस्थितिलाई मध्यनजर गरी लोपोन्मुख गन्धर्व जातिमा रहेको मौलिक लोक तथा परम्परागत् गीत, नाच, भाषा, सँस्कृति, नाटक र वाद्यवादनबारे नयाँ पुस्तालाई जानकारी गराउने जातिका परम्परागत् सिप र कौशललाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यले साँस्कृतिक केन्द्र स्थापना गरिएको हो ।

मुख्यमन्त्री पौडेलले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइमात्र नभएर व्यवहारिकरुपमा कार्यान्वयन भएको बताए । उनले गाउँमा सिंहदरबारको अनुभूति प्रदेश सरकारले माडीको कान्तिपुरमा स्थापित गराएको बताए ।

उनले भने–प्रदेश सरकारले विपन्न र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर काम गरेको छ । यसको उदाहरण माडीको कान्तिपुर हो । मुख्यमन्त्री पौडेलले कान्तिपुरका गन्धर्व समुदायका बाँकी घर पनि बनाइने भन्दै त्यसका लागि प्रदेश सरकार तयार रहेको बताए ।

कान्तिपुरमा ४६ वटा नूमना घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । मुख्यमन्त्री पौडेलले घरको साँचो गन्धर्व समुदायलाई हस्तान्तरण गरे । प्रदेश सरकारले आफ्ना लागि घर निर्माण गरिदिएको भन्दै उनीहरु खुशी भएका छन् ।

सूर्योदय कृषि सहकारी संस्थामार्फत् उत्त, स्थानमा चक्लाबन्दी खेती गरिएको छ । कृषिलाई पर्यटनसँग जोड्न होमस्टे स्थापनाका लागि एकीकृत नमुना वस्ती स्थापना गरिएको बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले बताए । कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै ग्रामीणस्तरका नागरिकको जीवनस्तरमा सुधार ल्याउन प्रदेश सरकारले चक्लाबन्दी खेतीको अवधारणा अघि सारेको उनले बताए ।

उनले प्रदेश सरकारले माडीको कान्तिपुरलगायत ठाउँमा कृषि र पर्यटनका लागि करोडौं रकम विनियोजन गरेको जानकारी दिए । कान्तिपुरमा एक सय बिघामा सामूहिक चक्लाबन्दी खेती गरिएको हो । चक्लाबन्दी खेतीसँगै माछापालन, पशुपालन र तरकारी खेती गरिएको छ ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको भन्दै धन्यबाद दिए । उनले कान्तिपुरमा सडक र अन्य पूर्वाधार निर्माणका काम गर्नुपर्ने भएकाले अझै पनि प्रदेश सरकारको सहयोग आवश्यकता रहेको बताए ।

उनले पालिकाले पनि सामूहिक चक्लाबन्दी खेतीका लागि प्राथमिकता राखेर काम गरिरहेको जानकारी दिए । गन्धर्वहरुले लोकगीत (स्थानीय गीत) स्थायित्व गराउँदै पेशाका रुपमा अपनाउँदै आएका छन् । यिनै लोकस्रष्टाका प्रेरणाबाट आजकल अन्य जातिले पनि सारंगी बजाउने र बनाउने गरेको पाइन्छ ।

धर्मग्रन्थहरुमा गन्धर्व जातिलाई गायक मानिएको छ । पछिका संगीतशास्त्रहरुमा पनि गान्धर्व गान र गान्धार ग्रामको उल्लेख भएको पाइन्छ । संगीत वर्णमालाको तेस्रो स्वर “ग” लाई संगीत शास्त्रानुसार गान्धार ग्राम नारद, तुम्बरु आदिले बाहेक मनुष्यले गाउन नसक्ने भएकाले हाल गान्धार ग्राम लोप भएको छ । यी सबै शास्त्रीय प्रमाणहरुबाट के भन्न सकिन्छ भने गाउने जातिको सोझो सम्बन्ध जति गन्धर्व शब्दमा प्रतिविम्वित हुन्छ ।

यसैले शास्त्रका प्रमाणहरु, हाम्रा साँस्कृतिक परम्परा र उनीहरुको हालसम्मको संस्कारले पनि गाइनेलाई गन्धर्व नामले चिनाउनु उपयुक्त देखिन्छ । गन्धर्व जाति वा गाइने जाति खस समुदायका एक विभाजन हो । सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरि ¥याइँ¥याइँ सारंगी रेट्दै सूचना दिन घरघरमा डुल्ने हुन् ।

गन्धर्व जातिले नेपालको लोककलालाई संरक्षण गरेका छन् । यो उनीहरुको पुख्र्यौली पेशा हो । पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ । यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन् । उनीहरुको जीवन्त आवाज विद्युतीय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ । यो जातिको मुख्य बाजा सारंगी हो ।

गन्धर्व अर्थात् गाइने जाति नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाति हो । यो जातिको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौर भए पनि अन्य विभिन्न जिल्लाहरु तनहुँ, लम्जुङ, गोरखा, चितवन, बाग्लुङ, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर, दाङ तथा जाजरकोट गरी नेपालका झण्डै ६९ जिल्लामा गन्धर्व जातिको बसोबास रहेको पाइन्छ ।

नेपालका १ सय २५ जातिमध्ये गन्धर्व जाति पनि एक हो । २०६८ को जनगणनाअनुुसार गन्धर्व जातिको जनसंख्या ६ हजार ७ सय ९१ थियो । नेपाली लोकसंगीत र रंगमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वद्र्धन र विकास गर्दै आएका लोकजीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन सारंगी पनि एक हो ।

विविध जातजाति तथा गाउँघरले भरिएको र विविध रीतिपरम्परा रहेको देशको लोक गीतसंगीत, लोकजीवन र लोक सँँस्कृतिलाई गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा गन्धर्व जातिको सहभागिता रहेको पाइन्छ ।

नेपाल एकीकरणको समयका हीरादेवी गाइने, मणिराम गाइने, बखतवीर बुढापृथीलगायतको योगदान र पछिल्लो समयमा २०६२–६३ को जनआन्दोलनमा बालकलाकार रुविन गन्धर्वले खेलेको भूमिका महत्वपूर्ण छ ।

वीरताका गाथा, कर्खा, घटना, ठट्यौली तथा मनोरञ्जन र लोकगीतलाई मूर्तरुप दिएर सजीवता प्रदान गर्ने गन्धर्वहरु नै हुन । प्रारम्भिक चरणमा गन्धर्वहरु धार्मिक गीत (भजन–कीर्तन) र वीरताका गाथा गाउँदै आएको पाइन्छ ।

लोकप्रिय

रुस–युक्रेन युद्ध ः पुटिनके रोके के लेल बेलायत बनएले हए ६ बुँदे योजन

एजेन्सी । बेलायतके प्रधामन्त्री बोरिस जोन्सन युक्रेनो जारी रुकसे ‘भयानक’आक्रमण रोके के लेले विश्वके नेता सब प्रयास करइत बतएले छत ।न्युयोर्क टाइम्सके...

एमसीसी स्वीकार करके आगे बढु–प्रचण्ड

काठमाडौं ।। नेकपा माओवादी केन्द्रके अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पार्टीके जारी केन्द्रीय समितिके बैठकमे अमेरिकी सहयोग परियोजना एमसीसीके संसदसे भेल अनुमोदनके स्वीकर करके आगे...